कुन दलले कुन मन्त्रालय पाए ?

काठमाडाैं । सरकार विस्तारमा सत्ता गठबन्धनका दलबीचको भागबन्डा लगभग टुंगो लागेको छ । गठबन्धनमा कांग्रेसले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाउने भएको छ । जसमा अर्थ, परराष्ट्र, रक्षा‚ कानुन र स्वास्थ्य मुख्य मन्त्रालय छन् । त्यस्तै शहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन मन्त्रालय पनि कांग्रेसको भागमा परेको छ । ​

भौतिकको सट्टामा माओवादीले गृह मन्त्रालय पाएको छ । माओवादीका भागमा सञ्चार, ऊर्जा‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय परेका छन् ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी (नेकपा एस) ले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ ।

जसपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालय पाएको छ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाएको छ । यो मन्त्रालयमा यसअघि जनमतका अब्दुल खान मन्त्री थिए ।

दाबीअनुसार जनमतले उद्योग मन्त्रालय पाएको छ । नागरिक उन्मुक्ति पार्टी युवा तथा खेलकुद र लोसपालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय परेको छ ।

अब यी मन्त्रालयमा दलले नाम पठाएपछि प्रधानमन्त्रीले सरकार विस्तार गर्दैछन् ।

प्रतिक्रिया