जिल्ला प्रशासन कार्यालयबाटै टिकट खरिद गर्न पाउँदा सेवाग्राही खुसी

बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङबाट सेवाग्राहीहरूले कार्यालयबाटै हुलाक टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइएपछि सेवाग्राहीहरूलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयवाट हुने काम काजहरूमा सेवाग्राहीहरूले पेस गर्ने निवेदन पत्र, उजुरी, लगायतका कागजातहरूमा अनिवार्य हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था भएको र ग्रामीण भेगबाट सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकट खरिद गर्न टाढा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न र छिटो छरितो सेवा दिन उक्त कार्यको थालनी गरिएको सेवा प्रवाहमा सजिलो भएको सेवाग्राहीहरूले बताए ।

बुगल नगरपालिका घर बताउने एक सेवाग्राहीले भने पहिला पहिला हुलाक टिकट खरिद गर्न कि त हुलाकमा जानुपर्ने थियौ कि त स्टेसनरी पसलमा जाने गरेका थियौँ हुलाक टिकट भनेको वेला नपाएपछि एकदिन चैनपुरमा बस्नुपरेको स्मरण गर्दै आजकल यतैबाट हुलाक टिकट पाएपछि सहज भएको बताए ।

त्यस्तै अर्का सेवाग्राहीले भने पहिला नागरिकता बनाउँदा हुलाक कार्यालय थाहा नभएर बजारभरी टिकट किन्न भौँतारिएको र आजकल यतै पाउने गरेको थाहा पाएपछि सहज भएको कुरा सुनाए । यस्तै टिकटको समेत दुरुपयोग हुन सक्ने सम्भावनालाई मध्यनजर गरी १ चैतदेखि यो कार्य थालनी गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।

पाण्डेले भने, ‘हामीले सेवाग्राहीहरूको समस्यालाई मध्यनजर गर्दै कार्यालयकौ सोधपुछ कक्षमै टिकट अंकित मूल्यमै खरिद गर्ने व्यवस्था मिलाइएको छ । देख्दा सानो लागे तापनि सेवाग्राहीहरूलाई कार्यालयबाट सहज सेवा लिन अनि हामलिाई पनि सेवा प्रवाह गर्न त्यसले ठूलो सहयोग पुग्नेछ ।’

प्रतिक्रिया