सिद्धार्थ बैकद्धारा कम्प्युटर प्रदान

काठमाडौ । सिद्घार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको उदघाटन गर्ने कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले उद्घाटन गरेका छन ।

कार्यक्रममा सञ्चालक समितिका सबै सदस्य, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारी तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिष्ठित उद्योगी, व्यापारीे समूहको उपस्थिति रहेको थियो । बैंकले विगत १६ वर्ष देखि पोखरा वडा नं ८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आइरहेको पोखरा शाखालाई पनि उक्त भवनमा स्थानान्तरण गरेको छ । अत्याधुनिक प्रविधिमैत्री बंैकिग मार्फत आम ग्राहक समक्ष उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तीमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बंैकले विश्वास लिएको छ ।

यसका साथै बैंकले उक्त समुद्घाटनको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर एवं सो को लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री तथा दृष्टिविहिन बिद्यार्थीहरुको लागि बहुउद्देशीय हल निर्माण गर्न ४० लाख रुप्ैया सम्मको सहयोग गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र अमरसिंह माध्यमिक विद्यालयको तर्फबाट उक्त विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरेका हुन ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बरालले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखि देशको एक जिम्मेवार संस्थाको रुपमा विभिन्न सामाजिक कार्यमा सधैँ अग्रसर रहदै आईरहेको बारे धारणा राखेका थिए ।

प्रतिक्रिया