कालिकोट । कालिकोटको सदमुका मान्ममा सार्वजनिक निजी यातायातको भाडादर सम्बन्धी बैठक बसेको छ । कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
कालिकोटको मान्म बजारदेखि जितेगडा, हुल्म र जितेगडा हुल्मदेखि मान्म बजारसम्मको रुटमा आवतजावत गर्ने यात्रुहरुको सहजताका लागि संयुक्त यातायात व्यवस्थापनले सो रुटमा थप सार्वजनिक सवारी साधनको व्यवस्था गर्ने, कालिकोटको मान्मदेखि जितेगडा हुल्मसम्मको भाडादर नेपाल सरकारले निर्धारण गरेबमोजिम प्रति किलोमिटर ९ रुपैयाँ का दरले कार्यान्वयन गर्ने र निर्णयहरुको प्रभावकारी कार्यान्वयका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले समन्वय तथा निगरानी र नियन्त्रण गर्ने निर्णय बैठकबाट पारित गरेको छ ।
कालिकाेट
प्रतिक्रिया