प्रयोगविहिन भवनमा सरकारी कार्यालय सर्दै

कालिकोट । जिल्लाको एकिकृत सरकारी भवनमा जिल्लाका सरकारी कार्यालयहरु बस्ने भएका छन् । लामो समयदेखि प्रयोगविहिन अवस्थामा रहेको यो भवनमा अब जिल्लाका सरकारी कार्यालयहरु जिल्ला निर्वाचन कार्यालय, कोषतथा लेखा नियन्त्रण कार्यालय, उद्योग हित तथा संरक्षण कार्यालय सर्ने भएका छन् ।

यिनै कार्यालयहरुको लागि निर्माण गरिएको सो भवन लामो समयदेखि प्रयोगविहिन थियो । कोभिड– १९ संकमर्णका बेला सरुवा रोग अस्पताल सञ्चालन गरिएको थियो । यता सरकारी कार्यालयहरु निजी घरमा भाडा तिरेर बस्ने उता एकीकृत भवनहरु प्रयोगविहिन अवस्थामा रहेकाले राज्यको पैसा बिना काममा खर्च हुनबाट जोगाएको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।

आइतबार प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, निस्वास्थ्य व्यवस्थापक कटक महतले सो भवनमा पुगेर अनुगमन गरी तत्काल अस्पतालको सामान अर्को भवनमा राखेर कार्यालयहरु सार्ने तयारी गर्न प्रमुख जिल्ला अधिकारी माझीले निर्देशन दिए ।

माझीले भने, ‘जसका लागि भवन बनाइएको हो, उनी निजी घरमा भाडा तिरेर बस्ने, उता भवन खाली रहिरहने भएपछि यस्तो कार्यको थालनी गरिएको हो ।’ भाडामा बसिरहेका चारवटा सरकारी कार्यालयहरुको झण्डै दुई लाख रुपैयाँ बच्ने भएको छ ।

भवनमा रहेका अस्पतालका सामग्रीहरु मंगलबारदेखि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले अर्को सरुवा रोगथ अस्पतालमा सार्ने भएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया