एघार लाखमा निर्माण भएको कृषि भवन अलपत्र अवस्थामा

जयपृथ्वी नगरपालिका वडा नँ ३ भिडमनीमा रहेको प्रयोग विहिन कृषि हाट बजार ।

बझाङ । जिल्लाकोे जयपृथ्वी नगरपलिका वडा–३ भिडमनीमा करीब एघार लाखमा निर्माण भएको कृषी हाट बजार भवन निर्माण कार्य सम्पन भएकोे एक वर्ष नपुग्दै जिर्ण अवस्थामा पुगेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय बझाङले आर्थिक वर्ष २०७७÷७८ मा निर्माण कार्य सम्पन्न गरेको उक्त भवन सञ्चालनमा नआउदै जिर्ण अवस्थामा पुगेको हो ।

हप्ताको एक दिन कृषकहरुले आफुले उत्पादन गरेको कृषि उपज, खाद्य सामग्रीको विक्रि गर्न हाट बजारमा गर्न पाउने गरि सो भवन बनाइएको थियो ।

ग्रामिण महिलाहरुको आर्थिक अवस्था बलियो बनाउन सो भवन निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालयका नायव प्राविधिक साहायक कुम्भ रोकायाले बताए ।

अहिले उक्त हाट बजार मात्रै होईन वरपर बनेका सुदरपस्चिम प्रदेश कार्यालयको लगानीमा बनेका अन्य कृषि भवनहरु पनि अलपत्र अवस्थामा पारिएको स्थानीयहरुले आरोप लगाएका छन् ।

निर्माण कार्य सम्पन्न् भएको हाट बजार र अन्य भवनहरुलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउन नत प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना ईकाइ कार्यालय बझाङले कुनै पहल गरेको छ, नत हाट बजार सञ्चालक समिती र नगरपालिकाले वास्ता गरेका छन् ।

अहिले हाट बजार भवनको झ्याल ढोका भाँच्चिएको अवस्थामा छन्, भवनको छतमा लगाइएको जस्ता पातामा जताततै प्वालै प्वाल परेको छ । भवन अहिले शौचालयमा परिणत भएको छ । भवनका भित्तामा विभिन्न राजनितिक दलका नारा लेखएका छन् ।

भवन सञ्चालनमा किन आएन भनेर बुझ्न खोज्दा परियोजना इकाई कार्यालका बझाङका निमित्त कार्यालय प्रमुख हर्कदेव जोशीले आफु कार्यालयमा नयाँ भएका कारण यसवारेमा कुनै पनि थाहा नभएको बताए । तर उता जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल सँग बुझ्दा भवन निर्माण भएको आफुलाई थाहा भएको र परियोजना इकाई कार्यालयले नगरपालिकालाई अहिले सम्म हस्तान्तरण नगरेका कारण सञ्चालन गर्न समस्या भएको बताए ।

यसलाई कसरी कहिले सञ्चालन गर्ने भन्नेबारे सरोकार राख्ने निकायलाई खवर गरी सञ्चालन गर्न पहल गर्ने बताए । नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खुमलटार, ललितपुरका सुचना अधिकारी हिक्मतकुमार श्रेष्ठले
कृषि हाट बजार भनेको कृषकहरुका लागी बहुउपयोगी महत्वपुर्ण विषय भएको यसवारेमा जिल्लाका कार्यालय प्रमुखसँग छलफल गरेर अगाडी बढ्ने बताए ।

प्रतिक्रिया