ऋण लिएर मस्ती गर्नेहरूसँग सावधान

अनुषा थापा

भोक लागे पटुका बाँधेर हिँड्ने चलन थियो । बरु फाटेको पुराना लुगा टालेर लगाउँथे, ऋण लिँदैनथे । त्यसरी उनीहरूले आफ्नो जेथोको सुरक्षा गरेका थिए । तर, अहिले ठ्याक्कै त्यसको उल्टो परिस्थिति बनेको छ । ऋण लिएर जग्गा किन्ने, स्विमिङ पुल सहितको घर बनाउने, छोराछोरी विदेश पठाउने, सेयरमा लगानी गर्ने, गाडी चढ्ने, महँगा रेस्टुरेन्ट जाने क्रम पछिल्लो समय एकदमै बढेको छ । आफूसँग भएको जेथो बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का राखेर ऋण लिने अनि मस्ती गर्ने ।

बुढापाकाले भन्थे, ‘आफ्नो घाँटी हेरेर हाड निल्नु ।’ यसको अर्थ आम्दानी हेरेर खर्च गर्न सिक्नु हो । ऋण लिएर कुनै पनि फुर्माइसका काम गर्नुहुँदैन भन्ने धारणा उनीहरूको थियो । ऋण भनेको घिन हो । जसरी रुखमुनिको जमिनमा अन्न फल्दैन, त्यसैगरी ऋण बोकेको मान्छे कहिल्यै उँभो लाग्दैन । पहिलेपहिलेका मान्छेहरू अत्यावश्यकीय अवस्थामा बाहेक ऋण दिए पनि लिन मान्दैनथे । आफूसँग जे जति छ त्यसमै रमाउँथे । ऋणदेखि उनीहरू डराउन गर्थे । जुन ठिक पनि हो । लिएको ऋण चुक्ता गर्न सकिएन भने घरखेत नै गुमाउनुपर्ने, साहुको दासी बन्नुपर्ने हुँदा उनीहरू पहिल्यै सचेत भएका हुन् ।
ऋणदेखि डराउनु भनेको आफ्नो जायजेथो बचाउनु हो । ऋण लिएका व्यक्तिको कतिखेर उठीबास लाग्ने हो भन्न सकिँदैन । भोक लागे पटुका बाँधेर हिँड्ने चलन थियो । बरु फाटेको पुराना लुगा टालेर लगाउँथे, ऋण लिँदैनथे । त्यसरी उनीहरूले आफ्नो जेथोको सुरक्षा गरेका थिए । तर, अहिले ठ्याक्कै त्यसको उल्टो परिस्थिति बनेको छ । ऋण लिएर जग्गा किन्ने, स्विमिङ पुल सहितको घर बनाउने, छोराछोरी विदेश पठाउने, सेयरमा लगानी गर्ने, गाडी चढ्ने, महँगा रेस्टुरेन्ट जाने क्रम पछिल्लो समय एकदमै बढेको छ । आफूसँग भएको जेथो बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का राखेर ऋण लिने अनि मस्ती गर्ने ।

फेसनफेसनको लुगा किन्न र मोजमस्ती गर्न पनि बैंकबाट ऋण लिन थालिएको छ । अहिले कोही पनि काम गर्न चाहँदैनन् । बसीबसी मिठोमिठो खान, डुल्न, राम्रो लगाउन, महँगा गाडी चढ्न परेको छ । त्यसमा पनि आफ्नो सम्पत्ति धितो राख्दै, ऋण लिँदै । लिने बेलामा त अलिकति पनि सोचविचार गर्दैनन्, तिर्ने बेलामा पसिना छुट्छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणका कारण पछिल्लो समय आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ । ऋणलाई घिन भनिने हाम्रो समाजमा अहिले ऋण नलिने मान्छे भेटिँदैनन् । पहिले ऋण लिन्छन्, अनि तिर्न नसकेपछि आफू पनि मर्छन्, आफ्नो बालबच्चा पनि मार्छन् ।
यस्तो बेतिथि हाम्रो समाजमा हाबी भएको छ । ऋण तिर्न नसकेर दिनहुँ एक÷दुई जनाले आफ्नो ज्यान लिइरहेका छन् । कोही झुण्डिएका छन्, कोही विष सेवन गरेर मरेका छन् । यो क्रम झनै बढ्ने देखिएको छ । सरकार आफ्नो जनता किन मरिरहेका छन् ? अनुसन्धान गर्दैन । जनता भकाभक आफ्नै ज्यान लिनतिर लागिपरेका छन् । यो क्रम चलिरह्यो भने समाज जटिल अवस्था बन्छ । बैंक तथा वित्तीय संस्था भनेको व्यापारी हो । यस्ता संस्थाले आफ्नो फाइदा मात्र हेर्छन् । चर्को ब्याजमा यिनीहरूले ऋण प्रवाह गरेका छन् । यता, मिटरब्याजमा पैसा लिनेहरू पनि तनावमा छन् ।

साहु महाजनबाट लिएको ऋणले गर्दा अहिलेसम्म कतिले ज्यान गुमाइसकेका छन् ? सरकारसँग यकिन तथ्यांक छ ? बैंक तथा वित्तिय संस्थाले दिएको प्रेसर सहन नसकेर ज्यान फाल्नेहरूको ओइरो लागेको छ । एउटा नागरिक बनाउन सरकारको धेरै लगानी लागेको छ । एउटा नागरिक गुमाउँदा सरकार र उसको परिवारलाई ठूलो क्षति पुग्छ । तर, मिटरब्याजी र वित्तीय संस्थाका कारणले आफ्ना नागरिकले ज्यान गुमाउँदा पनि सरकार आँखा चिम्लिेर बसेको छ । अझै पनि सरकारले अनदेखा गर्ने हो भने यहाँ कहालिलाग्दो स्थिति बन्छन् । अहिले जति पनि घर ठडिएका छन् तीमध्ये ९५ प्रतिशत मान्छेको बैंकको नाममा छ ।
यता, सेयर र गाडी पनि बैंककै नाममा छ । बजारमा आर्थिक मन्दी चलिरहेको छ । व्यापार व्यवसाय सबै ठप्प छ । पैसाको हाहाकार हुन थालिसकेको छ । यस्तोमा ऋणीले कहाँबाट ल्याएर बैंकको किस्ता हाल्ने ? ऋण चुक्ता गर्ने कुनै पनि उपाय छैन । बैंकले बजारको अवस्था हेर्दैनन् । समयमा किस्ता तिरेन भने धितो खाइहाल्छ । धितो नै गुमाइसकेपछि कहाँ जाने ? व्यक्ति त सुकुम्बासी बन्ने भए । अहिलेको परिस्थिति हेर्ने हो भने यो अवस्थाले ठूलै रूप लिन्छ । सरकारलाई जनताभन्दा कर ठूलो भएको छ । तै भएर त अहिलेसम्म हात बाँधेर बसेको छ ।

सरकारले यो समस्या समाधान गर्नतिर चासो देखाएको छैन । सरकार निरीह हुँदा अझै कतिले ज्यान फाल्ने हो यकिन भन्न सकिँदैन । मिटरब्याजीहरूले एक लाख रुपैयाँ ऋण दिँदा पाँचदेखि ३० हजार मासिक ब्याज लिने गरेका छन् । ब्याज तिर्दातिर्दै ऋणीहरूको श्री सम्पत्ति सकिसक्छ तर ऋण चुक्ता हुँदैन । बैंक तथा वित्तीय संस्थाले आफ्नो फाइदाका लागि ऋण दिएको होइन ? घुस खाएर, चर्को सेवाशुल्क र महँगो ब्याज लिएर ऋण दिने अनि दुई किस्ता हाल्न नसक्दा तनाव दिन मिल्छ ?

जनताका लागि राज्य कहाँ छ ? कुनै व्यक्ति वा वित्तीय संस्थाका कारण ऋणीले ज्यान गुमाउँछन् भने त्यस्ता व्यक्ति वा वित्तीय संस्थालाई कारबाही गर्नुपर्छ । ऋण दिनेलाई च्यापच्यापी समातेर जेल हाल्नुपर्छ । जनता मार्ने अधिकार राज्यलाई त छैन भने वित्तीय संस्था र मिटरब्याजी को हो ? नेपालमा फाँसीको कानुन त छैन । कुनैले गल्ती गर्छ भने सरकारले सजाय दिन्छ तर मार्दैन । त्यसो त मीटरब्याजी र वित्तीय संस्थालाई जनताको ज्यान लिने अधिकार कसले दियो ? नागरिकको बाँच्ने अधिकार खोस्ने यिनीहरू को हुन ? अर्कालाई मर्न बाध्य बनाउनेलाई सरकारले कानुनको दायरामा ल्याउनुपर्दैन ?

हिजो सरकारले कि त ऋण दिनै रोक लगाउनुपथ्र्यो । बुबाले लिएको ऋण तिर्न सकेनन् भने छोराले कमाएर तिर्ला । सरकारले ब्याज घटाइदिँदा हुन्थ्यो । ऊसँग जायजेथो केही पनि थिएन भने सरकारले मिनाहा गरिदिएको भए पनि हुन्थ्यो । घरको आड नै मरेपछि छोराछोरीको बिचल्ली हुँदैन ? भोलि छोराछोरीले म ऋण तिर्छु, मेरो बुबा फिर्ता ल्याइदेऊ भन्यो भने बैंक तथा वित्तीय संस्थाले मरेको बुबा फिर्ता गर्न सक्छ ? पैसा भनेको कमाएर तिर्न सकिन्छ । तर, मरेको बुबाआमा फर्किएर आउँछन् ? आफू नाफा खान अर्कालाई बाँच्नै नदिने ?
राजधानीको बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आफैँमाथि पेट्रोल बनाएर ज्यान लिने काम भयो । देशमा कानुन छैन्, फटाहाहरूको जगजगी छ भनेर उनले सरकारको आँखा खुलाउन खोजेका थिए । म मरे पनि अरू बँचुन् भन्ने उनको धारणा थियो । तर, खोइ के परिवर्तन आयो ? उनी मरेको मरै भए, सरकार अझै पनि हात बाँधेर बसेको छ । उनले त सरकारलाई मार्ग देखाउन खोजेका थिए । विडम्बना, सरकार आफैं बिचौलियाको अर्को रूप हो, अनि कहाँबाट जनताले न्याय पाउँछन् ?

मुलुकमा प्रतिनिधिसभामा मात्रै २ सय ७५ जना सांसद् छन् । तर, ती सांसद्हरू पनि कमाउन र मोजमस्ती गर्न मात्र आएका हुन् । सरकारी गाडी चढ्ने, महँगा लुगा लगाउने, मासिक तलब लिने यिनीहरूको काम यति मात्रै हो । ऋणका कारण मान्छे मरेको म¥यै छन्, सरकार कहाँ छ ? सांसद्हरूले मिटरब्याजीलाई कारबाही गर्नुपर्छ, बैंक तथा वित्तीय संस्थालाई कानुनको दायरामा ल्याउनुपर्छ भनेर संसद्मा आवाज उठाउँदैनन् । बैंक तथा वित्तीय संस्था र मिटरब्याजीहरूलाई जहिले पनि छुट दिने हो ? देशको सरकार जस्तो छ, सांसद् पनि त्यस्तै छन्, काम नलाग्ने । आत्महत्याको केसमा हेर्ने हो भने शंकाको आधारमा पनि प्रहरीले पक्राउ गर्छ ।

कतिपय शंकाकै आधारमा जेलजीवन बिताइरहेका छन् । तर, बैंक तथा वित्तीय संस्थाको तनाव सहन मर्दा त त्यस्ता संस्थालाई कारबाही हुँदैन । सरकारका सम्बन्धित निकाय जथाभावी ऋण नलिनु भनेर सचेत गराउँदैन । बिचौलियाहरू जग्गा, घर, सेयर मँहगो मूल्यमा बेच्ने अनि बैंकले घुस खाएर ऋण दिने । यता, मरिदिनुपर्ने चाहिँ सिधासाधा आमनागरिक ।

जग्गा दलाली, सेयर दलाली, गाडी दलाली, बैंक दलाली सबैलाई सरकारले धमाधम समात्नुपर्छ । एक लाखको जग्गा ६० लाख आनामा बेच्ने । एक सय रुपैयाँ कित्ताको सेयर ३२ सयमा बेच्ने । एक लाख पर्ने गाडी २० लाखमा बेच्ने । बैंकबाट ऋण लिएर सिधासाधाले खरिद गर्छन्, तिर्न नसकेपछि आत्महत्या गर्छन् । अब पनि सरकार टुलुटुलु हेरेर बस्ने कि जनता बचाउने ? सरकारको ध्यान यसतर्फ जान ढिलो भइसकेको छ ।

प्रतिक्रिया