आज कर्णाली प्रदेशसभाको बैठक बस्दै

वीरेन्द्रनगर । आज कर्णाली प्रदेशसभाको बैठक बस्दै छ । दुई महिनापछि आज उक्त प्रदेशसभाको बैठक बस्न लागेको हो । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । बैठकको विषयमा १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय गर्नेछ ।

यसअघि पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयन गरेको थियो । यस्तै, माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले संसद्‌बाट विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया