प्रहरीले बिनागल्ती पक्राउ गरेर हिरासतमा राखेको भन्दै पत्रकार सम्मेलन

कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले प्रमाण विना नै हिरासतमा राखेको चर्चिलजंग शाहीले बताएका छन् । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै शाहीले २०७९ फागुन २३ गतेका दिन प्रहरीद्वारा आफ्नो अनावश्यक गिरफ्तारी भएको भन्दै विज्ञप्ति समेत निकाले छन् ।

उनले आफूलाई कुनै वैध कारण वा सम्भावित कारणबिना नै पक्राउ गरिएको भन्ने कुराको जानकारी दिन पत्रकार सम्मेलन गरेर जानकारी दिन सम्मेलन गरेको बताए ।

शाहीले पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार २०७९ फागुन २३ का दिन राति १० बजेतिर आफूई एक जना व्यक्तिले मादक पदार्थ सेवनमामा परेको भनी बुझ्नका लागि बोलाएको र बिना कुनै कारण हिरासतमा लिएको बताए ।

‘फागुन २२ गते स्थानीय युवा र ट्राफिक प्रहरीबीच घटेको घटनामा मेरो संलग्नता रहेको अभियोगमा मलाई पक्राउ गरिएको भनियो, मलाई किन गिरफ्तार गरिएको हो ?’, उनले भने, ‘मेरो संलग्नता छैन भन्दा केही हुन्न, तपाईं संलग्न नभए हामी छोडिदिन्छौँ भनेर जिल्ला प्रहरी कार्यालयबाट भनियो, मलाई गिरफ्तारीको समर्थन गर्न वारेन्ट वा कुनै प्रमाण पेश गरिएन, मेरो संलग्नता नरहेको जान्दाजान्दै घटनाका दुवै पक्षले मेरो पक्षमा बोल्दा पनि मलाई बदनियतपूर्वक १५ दिन हिरासतमा राखियो ।’

सो घटनाले आफूलाई धेरै दुःखी बनाएको उनले पत्रकार सम्मेलनमा बताए । यस्तो प्रकारको प्रहरीको हर्कतले आफ्नो अधिकार उल्लंघन भएको र प्रहरीका कार्यहरू अनुचित र अस्वीकार्य रहेको उनले बताए ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमाललाई बुझ्दा शान्ति सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात गर्नेलाई अनुसन्धानका लागि लिएको बताए ।

ट्राफिक प्रहरीमाथि हातपात गर्दा खोज अनुसन्धानका लागि शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि लिन सकिने र अनुसन्धान पश्चात निर्दोस ठहरिए कारवाहीका लागि भोगेदार नहुने उनले बताए । प्रहरी प्रमुख रिमालले अनुसन्धानको क्रममा समय लाग्ने भएकाले अन्यथा नबुझ्नसमेत आग्रह गरेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया