माओवादी केन्द्र पाँचथरमा नयाँ समिति गठन

पाँचथर । नेकपा माओवादी केन्द्र पाँचथरमा विशाल रसाइलीको संयोजकत्वमा जिल्ला समन्वय समिति गठन भएको छ ।

समितिको संयोजकमा रसाइलीसहित सचिवमा देवेन्द्र खत्री, जिल्ला सदस्य विमला नेम्वाङ, योगेश योङया, महेन्द्र सुहाङ, प्रेम सुहाङलगायत ६१ सदस्य समिति गठन गरिएको जिल्ला सहइन्चार्ज होमबहादुर जबेगुले जानकारी दिए ।

जिल्ला र इलाका इन्चार्ज समेत तोकिएको छ । जिल्ला इन्चार्ज सिता थेबे ‘प्रमिला’ ,सह इन्चार्ज होमबहादुर जबेगु, अमरसिंह थापा, दिनेश लावती रहेका छन् ।

जिल्ला माओवादी केन्द्रले पाँचथरका सबै गाउँ तथा इलाका, कमिटीहरुका कार्यकर्ताहरुलाई राजनीतिक प्रशिक्षण दिइरहेको इन्चार्ज होमबहादुर जबेगुले बताए ।

प्रतिक्रिया