बझाङको छविसपाथिभरामा दाइजोको सामान र बाख्रा बाेक्न सरकारी गाडीकाे प्रयाेग

बझाङ । बझाङ जिल्लाको छविसपाथिभरा गाउँपालिकामा सरकारी गाडीको दुरुपयोग भएको छ । प्रदेश नँ –३ ०१–००२ झ ५०९१ नम्वरको सेतो प्लेट भएको स्कर्पियोमा गाँउपालिकाका अध्यक्ष बसन्त चलाउनेका भान्से कलकबहादुर चलाउनेको दाइजोमा पाएको सरसामान र बाख्रालगायतका सामान बोकेको पाईएको स्थानीयहरुले बताएका छन ।

यस विषयमा बुझ्दा अध्यक्ष चलाउने भने आफु अहिले काठमाण्डाैंमा रहेको र पालिका उपाध्यक्ष धनगढीबाट बझाङ जादैगर्दा पालिकाका कर्मचारीहरुले बाख्रा र सरसामान राखीदेउ भन्दा राखेको हुन सक्ने बताए ।

गाउँपालिकाको सरकारी गाडीमा गाउँपालिका अध्यक्ष लगायत सरकारी कामकाजको लागि मात्रै प्रयोग हुने स्पष्ट व्यवस्था भएपनि छबिसपाथीभेराको स्कर्पियो भने अध्यक्षका भान्सेको दाइजोकाे सामान ओसारपसार गर्न प्रयाेग गरिएकाे छ ।

प्रतिक्रिया