मुगु भित्रको मुगु, जहाँ सौन्दर्य पिएर आघाइँदैन

मुगु । मविवि शाहले त्यसै रारा कि अप्सरा भनेका होइनन् । उनले मुगु पुगेपछि अप्सरासँग रारालाई तुलना गरेर यो कल्पना गरेका थिए । अहिले पनि जो मुगु पुग्छ ऊ कवि बनेर फर्कन्छ भनेर धेरैले भन्छन् । किनकि मुगु मानिसको आँखाबाट पस्छ । दिमागमा पुग्छ र मुटुमा घर बनाउँछ ।

उनीहरू जति आउँछन् सौन्दर्यको भोक मेटाउँछन् । सौन्दर्य तन्तनी पिउँछन् । उनीहरूले जति पिए पनि मुगुको सौन्दर्यबाट कहिल्यै आघाउँदैनन् । पुग्नेको अमिट छाप बनेर मुटुमा टाँसिरहन्छ मुगु । तर, प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ मुगु । शान्त भएर मानिसहरू सधैँ कुरिरहन्छ मुगु । नेपालको सबैभन्दा ठूलो ताल रारा । जो हिमालको वारिपट्टी लमतन्न परेको छ । मानौँ ऊ शान्तिपूर्ण ध्यानमा छ । बेला बेलामा आउने हावाको झोक्काले रारालाई चस्काइदिन्छ ।

तर मानिसको मन चटक्कै लुटेर लाने मुगु जिल्लामा रारा मात्रै छैन जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुको सोन्दर्य पनि छ मुगुमा छ । मुगुमा पर्याप्त पर्यटकीयस्थल छन् । उनीहरू जति आउँछन् सौन्दर्यको भोक मेटाउँछन् । सौन्दर्य तन्तनी पिँउछन् । उनीहरूले जति पिए पनि मुगुको सोन्दर्यबाट कहिल्यै आघाउँदैनन् । पुग्नेको अमिट छाप बनेर मुटुमा टाँसीरहन्छ मुगु ।
तर, प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ मुगु । शान्त भएर मानिसहरू सधैँ कुरिरहन्छ मुगु । नेपालको सबैभन्दा ठुलो ताल रारा । जो हिमालको वारिपट्टी लमतन्न परेको छ । मानौँ ऊ शान्तिपूर्ण ध्यानमा छ । बेलामा आउने हावाको झोक्काले रारालाई चस्काइदिन्छ ।

जो पर्यटक घुम्न आउँछन् उनीहरू त्यहाँ पुगेकै हुन्छन् । जो मुगु सबै घुमेर पनि रारा पुग्दैन ऊ मुगु पुगेको जस्तो हुँदैन । त्यसैले पर्यटकका लागि पुग्नै पर्ने स्थान अपर मुगु पनि एक हो ।

मुगुमकामारोङ गाउँपालिकामा पर्ने अपर मुगमा लामासमुदाको बाहुल्यता छ । यहाँ जनजाति, आदिवासीको रहनसहन, भाषा, कला संस्कृति, स्थानीय उत्पादनका परिकार, धार्मिक तथा परम्परागत शैलीका घर छन् । यस्ता पर्यटकीय स्थान भए पनि यस क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्व बोकेको छ । यो यो क्षेत्र सधैँ एक्लै भएजस्तो महसुस गर्छ आफूलाई । कोही आइदियोस् र के छ मुगु भनोस् भनेर आसमा सधैँ बसेको छ, मुगु ।

अपर मुगुका चाँदी झँै टल्किने हिमाल । मानाैं त्यो परि चाँदीको आरक्षण निकुञ्ज हो । जहाँ चाँदीका पहाड देखिएजस्तो लाग्छ । तर तिनलाई टिप्न पाइँदैन कि भनेर सुन्दरता हेरेर फर्कन्छन् मानिसहरू ।

दिवंगत भएका आफन्तका लागि बनाइएका चिटिम गुम्बाले मनभित्र जलेको आगोमा दमकलको पानी वर्षाए झैँ शान्ति वर्षाउँछ । पीडाले भत्भती पोलेको मन यहाँ आएछि शीतल भएको अनुभव धेरैको सुन्न पाइन्छ । आफन्त गुमाएको पीडा केही समय भए पनि भुल्छन् । अनि लुला भएका खुट्टा त्यही बलले केही समय भएप नि दह्रा बनाउँछन् ।

वन्यजन्तु, तामाखानी, छिर्ने गुफाजस्ता रमणीय स्थानको अवलोकन गर्न त मुग पुग्नेका लागि सामान्य कुरा हो । सदरमुकाम गमगढीदेखि अपर मुगु पुग्न पैदल मार्गबाट करिब दुई दिन लाग्छ । तर बाटामा देखिने अनेक मनमोहक दृष्यले यात्रा गरेको अनुभूति धेरैले गर्दैनन् ।

मुगु कर्णाली नदीको किनारै किनार भएर मुगु गाउँ पुग्न सकिन्छ । यात्रुहरूलाई डोर्याउँदै मुगु पुर्याउँछ कर्णाली नदी । मुगुमकामारोङ गाउँपालिकामा होमस्टेको व्यवस्थापनसँगै स्थानीय परिकार खाना पाउनुका साथै पहिले जस्तो घुम्न जानेलाई बीच बाटोमा प्रयाप्त होमस्टे होटलको व्यवस्था छ ।

प्रतिक्रिया