‘कोरोनातन्त्र’ बजारमा

काठमाडौं । साहित्यकार रवीन्द्र समीरद्वारा लिखित लघुकथा संग्रह ‘कोरोनातन्त्र’ बजारमा आएको छ । तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय समीरको यो १३औं पुस्तक हो ।

कोरोना महामारीको सुरुवातमा समाजमा देखिएको डर, हल्ला, उपचारको अनिश्चितता, अस्पतालमा बिरामीको चाप र बेड, अक्सिजन अभाव, सरकारी अन्योलता, खोपबारे उत्पन्न भ्रम र महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई पुस्तकमा चित्रण गरिएको छ ।

इण्डिगो इन्कले प्रकाशन गरेको पुस्तक महामारीको जीवन्त दस्तावेजको रुपमा रहने समीरले जनाए । साहित्यकार समीरले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, नेपाल विद्याभूषण पदकलगायतका थुप्रै पुरस्कार पाएका छन् ।

प्रतिक्रिया