परिवार, निजी सम्पति र राज्यको उत्पति

मिलन आफन्त

वर्गहरूको प्रतिपक्षतालाई आफ्नो वंशमा राख्ने आवश्यकताले गर्दा र ती वर्गहरूको प्रतिद्वन्द्विताको फलस्वरूप पनि राज्यको उत्पति भएको हुँदा राज्य स्वभावतः सबैभन्दा शक्तिशाली र आर्थिक रूपले प्रभुत्वशाली वर्गको बन्छ । जुनवर्ग राज्यको सहायताबाट राजनीतिक रूपमा पनि प्रभुत्वशाली वर्ग बन्दछ र यस प्रकारले उप्तीडित वर्गको दमन र शोषणको लागि उत्पिडक वर्गले नयाँ साधनहरू प्राप्त गर्दछन् ।

पूर्ण स्वतन्त्रतापूर्वक विवाह सम्बन्ध जोड्ने र यस परिपाटीलाई सार्वजनिक रूप दिने कार्य त्यसपछि मात्र हुन सक्दछ, जब पुँजीवादी उत्पादनको उन्मूलन र त्यसको फलस्वरूप देखापरेको स्वामित्वका नयाँ सम्बन्धहरूले ती सम्पूर्ण आर्थिक एवं अन्य धारणाहरूलाई खतम पारिदिन्छन । जसले आजजीवन साथीका छनौटमा यति चर्काे प्रभाव पार्ने गरेका छन् । त्यसबेला पारस्परिक प्रेम सिवाय विवाहको अरू कुनै उद्देश्य हुने छैन ।

यौन र प्रेम आफ्नो स्वभावैले एकनिष्ठ हुने हुँदा यौन प्रेममा आधारित विवाह पनि स्वभावतः एकनिष्ट नै हुन्छ । समूह विवाहबाट एकनिष्ट विवाहसम्मको प्रगतिको श्रेय मुख्यतया स्त्रीहरूलाई नै छ भन्ने बाखोफनको निष्कर्ष कति सही छ भन्ने कुरा त हामीले देखिसकेका छौँ । पुरुषहरूको भूमिका केबल युगल विवाहलाई एकनिष्ठ विवाहसम्म पु¥याउनमा मात्र रह्यो । ऐतिहासिक दृष्टिले हेर्ने हो भने यस परिवर्तनले गर्दा वास्तवमा नारीको स्थिति पहिले भन्दा नराम्रो भयो । तर पुरुषहरूलाई आफ्नी पत्नीलाई धोकादिन सजिलो प¥यो । तसर्थ जब ती आर्थिक कारणहरू (जसले गर्दा नारीहरू पुरुषको धोका सहन बाध्य थिए) खत्तम हुन्छन्, अर्थात स्त्रिका लागि आफ्नो जीविको प्रश्न र यसभन्दा पनि बढी आफ्ना बालबच्चाको भविष्यको चिन्ता रहने छैन, र यस प्रकारले जब स्त्रि र पुरुषको बिचमा वास्तविक समानता स्थापित हुनेछ, तब सम्पूर्ण विगत अनुभवले के बताउँछ भने, यस समानताको परिणाम स्वरूप नारीको विवाहलाई भन्दा पुरुषहरूको पत्नीव्रतालाई कता हो कता बढी सघाउ पु¥याउनेछ ।

परन्तु एकनिष्ट विवाहबाट निःसन्देह ती लाक्षणिक विशेषताहरू बिलाउनेछन्, जुन स्वामित्वका सम्बन्धहरूको उत्पत्तिको फलस्वरूप लादिएका छन् । अर्थात पहिलो कुरो पुरुषको अधिपत्य र दोस्रो कुरा, विवाह सम्बन्ध विच्छेद गर्ने सम्भाव्यता । दाम्पत्य जीवनमा पुरुषको अधिपत्य उसको आर्थिक अधिपत्यको समन्य नतिजा हो । आर्थिक अधिपत्य नष्ट हुनासाथै यो कुरा पनि स्वतः बिलाएर जानेछ । विवाह सम्बन्धविच्छेद गर्नमा लगाइएको प्रतिवन्ध अंशतः ती आर्थिक परिस्थितिहरूको परिणाम हो, जसबाट एकनिष्ट विवाहको उत्पति भएको थियो । अंशतः त्यस बेलादेखि चल्दै आएको परम्परा हो, जब एकनिष्ट विवाहसँग यी आर्थिक परिस्थितिहरूको सम्बन्ध सही रूपमा बुझिएको थिएन र धर्मले यसको विकृत अर्थ लगाइदिएको थियो । विवाह सम्बन्ध विच्छेद माथि लगाइएको यस प्रतिबन्धको अझै पनि हजारौँ तारिकाले उल्लंघन गरिन्छ । यदि प्रेममा आधारित विवाह मात्रै नैतिक हुन्छ भने त्यसै बेलासम्म मात्र त्यस विवाहलाई नैतिक मात्र सकिन्छ, जबसम्म पारस्परिक पे्रम कायम रहन्छ । परन्तु व्यक्तिगत यौन–प्रेमको आवेगको अवधि प्रत्येक व्यक्तिको लागि र खासगरी पुरुषको लागि बेग्ला–बेग्लै हुन्छ र यो आवेग पूर्णतः विलायो अथवा नयाँ अर्काे अनुरागले यसको स्थान लियो भने पारपाचुके त्यस दम्पतिको साथसाथै समाजको लागि समेत बरदान बन्न पुग्दछ । केबल मानिसहरूलाई पारपाचुके सम्बन्धी मामिला बेहोर्नुुपर्ने अनावश्यक झमेलाबाट मात्र मुक्त पार्नुपर्दछ ।

यस प्रकारले पुँजीवादी उत्पादनको भावी उन्मूलनपछि नारी र पुरुषको बीचको सम्बन्धले कस्तो रूप लिनेछ भन्ने विषयमा हामी मूूल रूपमा नकारात्मक अनुमानहरू मात्र गर्न सक्छौँ, अर्थात हाम्रा यी अनुमानहरूमा मुख्यतया कुनकुन कुरा बिलाउनेछन् भन्नुमै सीमित रहन्छन् । तर केले यी सम्बन्धहरूको स्थान लिनेछ ? जब एक नयाँ पिँढी, जो वास्तविक प्रेम सिवाय अन्य कुनै पनि कारणले पुरुष समक्ष आत्मसमर्पण गर्न बाध्य हुने छैन, आर्थिक परिणामहरूको त्रासले गर्दा आफ्नो प्रेमसित यौन–सम्बन्ध नराख्न बाध्य हुने छैन । त्यसै बेला मात्र यस कुराको टुंगो लाग्ने छ । जब यी मानिसहरू देखा पर्नेछन् यिनीहरूले ती सब कुरा लत्याइदिनेछन्, जुन वर्तमान धारणाअनुसार उनीहरूले गर्नुपर्ने हुन्छ । आफ्नो व्यवहार कस्तो हुनुपर्दछ भन्ने कुरा उनीहरू आफैँलाई थाहा हुन्छ र उनीहरू आफैँमा तदनुसार नै प्रत्येक व्यक्तिको आचरणबारे जनमतको निर्माण गर्नेछन् र यत्तिकैमा सब समस्या हल भइहाल्छ ।

राज्य कदापि त्यस्तो शक्तिको रूपमा प्रतित हुँदैन, जुन बाहिरबाट समाजमाथि लादिएको होस् । त्यसैगरी राज्य हेगेलले साबित गरे जस्तो राज्य सामाजिक विकासको निश्चित चरणको उपज हो । राज्य के कुराको मान्यता हो भने, यो समाज आपूmभित्रैका असाध्य अन्तर विरोधहरूको जन्जालमा जेलिएको छ । सम्झौताविहीन प्रतिपक्षतामा विभाजित भएको छ, जसबाट मुक्त हुन त्यो असमर्थ छ । यी प्रतिपक्षताहरूले, परस्पर विरोधी आर्थिक स्वार्थ भएका वर्गहरूले एक निरर्थक संघर्षमा एकअर्कालाई ननिलुन भन्नका खातिर एक त्यस्तो शक्तिको आवश्यकता प¥यो, जो समाजभन्दा माथि अवस्थित देखिन्छ, त्यस्तो शक्ति, जसले त्यस अन्तरद्वन्द्वलाई मत्थर पारोस् र त्यसलाई ‘सुव्यवस्था’को परिधिभित्र नियन्त्रित राखोस् । अनि समाजबाटै उत्पन्न भएको तर समाजभन्दा माथि रहेको र त्यसबाट आफूलाई अलग्याउँदै लगिरहेको यो शक्ति नै राज्य हो ।

वर्गहरूको प्रतिपक्षतालाई आफ्नो वंशमा राख्ने आवश्यकताले गर्दा र ती वर्गहरूको प्रतिद्वन्द्विताको फलस्वरूप पनि राज्यको उत्पति भएको हुँदा राज्य स्वभावतः सबैभन्दा शक्तिशाली र आर्थिक रूपले प्रभुत्वशाली वर्गको बन्छ । जुनवर्ग राज्यको सहायताबाट राजनीतिक रूपमा पनि प्रभुत्वशाली वर्ग बन्दछ र यस प्रकारले उप्तीडित वर्गको दमन र शोषणको लागि उत्पीडक वर्गले नयाँ साधनहरू प्राप्त गर्दछन् । यसरी प्राचीन राज्य सबैभन्दा पहिले दासहरूको दमनको लागि बनेको स्वामीहरूको राज्य थियो र सामन्ती राज्य, भूदास तथा अधिनस्थ किसानहरूको दमनको लागि बनेको कुलिन घरानियाँहरूको निकाय थियो भने आधुनिक प्रतिनिधि–सत्तात्मक राज्यपुँजीवादी ज्यालादारी श्रमको शोषण गर्ने हतियार बनेको छ ।

इतिहासमा परिचित धेरैजसो राज्यहरूमा नागरिकलाई उपलब्ध गराइएका अधिकारहरू तिनको आर्थिक स्थितिको अनुपातमा निर्धारित गरिन्छन् र यसैद्वारा घोषणा गरिन्छ । राज्यभनेको सम्पन्न वर्गको संगठन हो र विपन्न वर्गबाट उसको रक्षा गर्ने हेतुले खडा गरिएको हो । राज्यको सर्वोच्च रूप, अर्थात जनवादी गणतन्त्र हाम्रा आधुनिक सामाजिक अवस्थहरूमा झन्झन् अनिवार्य आवश्यकता बन्दै गइरहेको छ र यो राज्यको त्यस्ते रूप हो, जसमा मात्र सर्वहावर्ग र बुर्जुवावर्गका बीचको अन्तिम र निर्णायक संघर्षलाई अन्तिम चरणसम्म पु¥याउन सकिन्छ । यस जनवादी गणतन्त्रमा धनसम्पत्तिको आधारमा हुने भेदभावले वैधानिक रूपले मान्यता पाएको हुँदैन ।

(क.फ्रेडरिख एन्गेल्सको सारगर्भिक धारणा, World Lover King को अन्वेषण, स्रोत : कम्युनिस्ट नैतिकता)

प्रतिक्रिया