बझाङ । बझाङ जिल्लाको मस्टा गाँउपालिका– ४ मा रहेको कुल मस्टाजन माध्यामिक विध्यालयमा सुस्त मनस्थिति विशेष कक्षाको भवनको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ ।
सुदूरपश्चिम प्रदेश सरका सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७९–०८० मा ४२ लाखमा चारकोठे दुईतले भवनसहित सौचालय, सयनकक्ष, निर्माणका लागि बजेट विनियोजन गरेपछि उक्त भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
सामाजिक विकास कार्यालय बझाङका कार्यालय प्रमुख बिबहादुर धामीले भवन निर्माणका लागि असोस महिनामा विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भई चैत मसान्तभित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको बताए ।
कार्यालय प्रमुख धामीले भने, ‘अहिलेसम्म भवनको संरचना निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ, हामीले भवन निर्माण कार्यको गतिलाई हेर्दा र लागत अनुमान गर्दा भवन निर्माण गर्दा लागेको रकम जम्मा ३० प्रतिशत अर्थात १३ लाख ट० हजारसम्म मात्र भुक्तानी दिएका छौँ ।’
भवनको संरचना अझै केही बन्न बाँकी छ । जस्तै पलास्टर, पेन्टीङ, र कक्षाकोठा भित्र चाहिने फर्निचहरु बनाउन बाँकी रहेको र सबै कार्य सम्मपन्न भइसकेपछि भुक्तानी दिने उनले बताए । उक्त भवन निर्माण भइसकेपछि जिल्ला भरका सुस्त मनस्थिति भएका विद्यार्थीहरुलाई खेल्ने ठाँउ, सुत्ने ठाँउ र बासका लागि पनि राम्रो व्यवस्था हुने उनले बताए ।
बझाङ
प्रतिक्रिया