कालिकोट । खाँडाचक्र नगरपालिकाको हिउदे नगरसभा उद्घाटन भएको छ । नगरपालिकाकाले ९ औँ नगरसभामा गरेका निर्णय तथा बजेटको समिक्षासँगै आगामी दिनमा गरिने क्रियाकलापबारे जानकारी र प्रगती प्रतिवेदनसमेत पेश गरिएको छ ।
चालु आर्थिक वर्ष २०७९–०८० मा नगरपालिकाको वार्षिक बजेटले लिएका उदेश्यमाथि नगर उपप्रमुख गशेणबहादुर शाहीले प्रष्ट पादै नगरबासीहरुको न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्दै जाने ,आर्थिक भौतिक, सामाजिक र वातावरणीय क्षेत्रमा दीगो पूर्वाधार विकासमार्फत समुन्नत र सुदृढ नगर बनाई राष्ट्रको विकासमा टेवा पुर्याउने लक्ष्य रहेको बताए ।
उपप्रमुख शाहीले उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग गर्दै सन्तुलित र न्यायोचित वितरण गर्ने, विकास सहयात्रीहरुसँगको निरन्तर सहकार्यमार्फत रोजगारीका अवसरहरु सिर्जना गर्ने, रोजगारी श्रृजना तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा मौलिक हकको रुपमा रहेको न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्ने नगरपालिकाको लक्ष्य रहेको बताए ।
चालु आर्थिक वर्षमा शिक्षा, यूवा तथा खेलकुद विकास, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाई विकास, पशु तथा कृषि विकास,वन, वातावरण, सरसफाई एवं हरियाली तथा विपद् व्यवस्थापन, सहकारी तथा रोजगार प्रवद्र्धन, युवा तथा खेलकुद र सूचना प्रविधि र डिजिटल सेवा प्राथमिकतामा रहेको नगरप्रमुख कमलबहादुर शाहीले बताए ।
नगरपालिकाको चालु आर्थिक वर्ष २०७९–०८० मा संघीय सरकार, प्रदेश सरकार, र नगरपालिकाको आन्तरिक श्रोतबाट १०औँ नगरसभाले प्रक्षेपण गरेको कुल बिनियोजित बजेट ६२ करोड ६० लाख ९३ हजार ४ सय २९ रुपैयाँ रहेको थियो । जसमध्ये चालुतर्फ ४१.०१ प्रतिशत र पुजिगत तर्फ १४.३८ प्रतिशत खर्च भएको लेखापाल धिरबहादुर शाहीले बताए ।
१०औँ नगरसभा नगरप्रमुख शाहीको अध्यक्षतामा भएको थियो । नगरपालिकाका वडाध्यक्ष, अन्य जनप्रतिनिधि, कर्मचारीहरुको सहभागीता रहेको थियो । नगरसभाबाट नगर विकासको लागि विभिन्न ऐन पारित गरेको छ । कार्यक्रम सञ्चालन प्रशासकिय अधिकृत अबिराज शाहीले गरेका थिए ।
कालिकाेट
प्रतिक्रिया