कालिकोट ट्राफिक प्रहरीले चोरीका मोटरसाईकल सुर्खेत पठायो

कालिकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले आर्थिक वर्ष २०७९–०८० मा कालिकोट क्षेत्रमा समातेका चोरी मोटरसाईकल सोमवार सुर्खेत पठाएको छ ।

गत श्रावण महिनादेखि हालसम्म कालिकोट क्षेत्रमा सवारी साधनको बिलबुक नभएका तथा चोरीको आशंका गरिएका मोटरसाईकल नियन्त्रणमा लिएको थियो ।

समयाअवधि नाघी सक्दा पनि बिलबुक लिएर कोही सम्पर्कमा नआएपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत पठाइएको प्रहरी सहायक निरीक्षक लक्ष्मीराज जोशीले बताए । जोशीका अनुसार ५ वटा मोटरसाईल सुर्खेत पठाइएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया