कैलाली र कञ्चनपुरमा फागुन ३० गते खखडेहरा पर्वको सार्वजनिक विदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रानाथारु समुदायको खखडेहरा पर्वको अवसरमा भोलि प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।

प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा रानाथारु समुदायको खखडेहरा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै भोलि फागुन ३० गते खखडेहरा पर्वकाे अवसरमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिएको जनाएको छ।

रानाथारु समुदायमा एक महिनासम्म मनाइने होरी (होली) पर्वको अन्तिम दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।

रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरी (होली)को अन्तिम दिनका रूपमा खखडेहरा मनाउने गरिन्छ ।

प्रतिक्रिया