कालिकोट । बालबालिकाका सम्वन्धि बनेका ऐन तथा नीति कार्यान्वयनको अवस्थाबारे बृहत् गोष्ठी सुरु भएको छ । स्थानीय तहले निर्माण गरेका बालबालिका सम्बन्धी नीति कार्यान्वयनको वर्तमान अवस्था र सिकाई आदानप्रदान सम्बन्धी जनप्रतिनिधि र नागरिक समाजसँग बृहत् कार्याशाला गोष्ठी आइतबारदेखि सोमबारसम्म हुने भएको छ ।
गोष्ठी कार्यक्रमका विशेष अतिथिसमेत रहेका खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले बालबालिकाका क्षेत्रमा मात्र नभई भौतिक विकासमा पनि किर्डाक नेपालको महत्वपूर्ण भूमिका रहेको बताए । पहिला वर्षभन्दा पछिल्लो समय बालविवाह न्युनिकरण भएको देखिने र यसमा गैरसरकारी संघ–संस्था मात्र नभई सरकारी पक्ष बढी जिम्मेवारी हुनुपर्ने उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले कालिकोटको विकासमा किर्डाक नेपालको भूमिका महत्वपूर्ण रहेको बताए । आइतबार सदरमुकाम मान्ममा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख शाहीले यस्तो बताएका हुन् ।
उनले सरकार सँगै किर्डाक नेपालले पुर्याएको योगदानप्रति धन्यवाद दिए । भौतिक संरचनाको विकाससँगै सामाजिक क्षेत्रमा राम्रो काम गरेको शाहीको भनाई छ । साथै, प्रमुख शाहीले कालिकोटमा देखिएको बालविवाह न्यूनिकरण, बाल संरक्षणमा स्थानीय सरकारले पनि नीतिगत निर्णय गर्नु पनि निर्देशन दिए ।
यस्तै कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बालबालिका सम्बन्धी ऐन नियम नेपालको संविधानमासमेत लेखिएको छ । यसको कार्यान्वयन गर्न गैरसरकारी संघ संस्थाहरूले मात्र हैन सरकारले जिम्मेवार हुनु पर्ने वक्ताहरुले बताएका छन् ।
किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यता, खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाही र प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिको विषेश आथिथ्यता,शान्नि त्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह, महावै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवाल, नरहरीनाथ गाउँपालिका उपाध्यक्ष कमलकुमार शाह, शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका प्रमुख प्रकाशचन्द धिताल, प्रहरी पत्रकार तथा स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा कार्यशाला गोष्ठी सञ्चालन भएको थियो ।
कालिकाेट
प्रतिक्रिया