पाँचथरमा बन्दको प्रभाव, यातायातका साधन ठप्प

पाँचथर । पाँचथरमा प्रदेश १ को नाम कोशी प्रदेश नामाकरण गरेको विरोधमा बन्दकर्ताले गरेको बन्दको प्रभाव परेको छ । आइतबार बिहानैदेखि फिदिम बजारलगायत बिभिन्न बजार, मेची राजमार्गमा चल्ने लामो, छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । ताप्लेजुङ देखि झापा हिडेका मोटरसाइकल यात्रुहरु फिदिममा अलपत्र परेका छन् ।

बन्दकर्ताले मोटरसाइकलनमा रोक लगाएका छन् । बन्दमा क्षति हुन नदिन् सशस्त्र, नेपाल प्रहरी सडकमा तैनाथ गरिएको छ ।
ट्राफिक तथा प्रहरीको मोबाइल टोली खटिएको छ ।

कोशी नाम खारेजको माग गर्दै शनिबार साझ राकेजुलुस प्रदर्शन गरेको थियो । बजार तथा क्याम्पस, विद्यालय बन्द रहेका छन् ।

प्रतिक्रिया