बझाङ । जंगलमा यत्रतत्र उपयोग विहिन खेर गइ रहेको अल्लोलाई प्रशोधन गरेर बझाङ जिल्लामा कपडा बनाउने कामको सुुरुवात गर्न थालिएको छ । जिल्लाको थलारा गाँउपालीका–२ मोराइलमा अन्जुु खाती र जौमतीदेवी खातीले परम्परागत उद्योगबाट कपडा बुन्ने कामको थालनी गरेकी छन् ।
उनीहरुले जंगलमा खेर गइरहेको अल्लोलाइ प्रशोधन गरी कपडा बुन्ने र बुुनेको कपडा पालिकाले खरिद गरी विद्यार्थीहरुका लागि झोला बनाइ दिने योजना गरे पछि उनीहरु अहिले उत्साहित भएर अल्लोको कपडा बनाउन लागेका हुन् ।
दुुई जना महिलालाई केहि महिना अगाडी युनाईटेड मिसन टु नेपाल (युुएमएन) र प्रगतीशिल युवा समाजले ३ महिने तालिमका लागि दाङ जिल्ला पठाएर तालिम सिकेपछि दुवै जनाले अहिले गाँउमै यो घरेलु उद्योगको सुुरुवात गरेको अन्जुु खातीले बताइन् । खातिका अनुसार जंगलबाट अल्लो ल्याएर प्रशोधन गरि धागो बनाएर कपडा बनाउन थालेपछि अल्लोको कपडा उद्योग सम्भावना देखेर उनीहरुको उद्योगको लागि आवश्यक सिप सामाग्री र उत्पादन कपडा सवै खरिद गरि दिने युुएमएन र गाँउपालिकाले यहाँका अन्य महिलाहरु पनि यो उद्योगसँग कामका लागि जोडिन थालेकी छन् ।
अल्लो प्रशोधन गरी कपडा निकाल्ने काम जिल्लामा सुरुवात गरेको र यसको निक्कै सम्भावना रहेकाले यो प्रयास सफल भएपछि अन्य पालिकामा पनि सञ्चालनका लागि पहल गर्ने युुनाइटेड मिसन टुु नेपाल की कर्मचारी ईन्दीरा राइले बताइन् । अल्लोको कपडा उद्योग संचालन भए गाँउघरका महिलाहरुले रोजगारी पाउने अपेक्षा गरिएको छ ।
बझाङ
प्रतिक्रिया