मुक्त हलिया समुदायको नेतृत्वमा अर्थपूर्ण सहभागिताबारे अन्तरक्रिया

बझाङ । जिल्लामा मुक्त हलिया समुदायको नेतृत्व तहमा अर्थपूर्ण सहभागिता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युरोपेली युनियनको आर्थिक सहयोग र राष्ट्रिय मुक्त हलिया समाज महासंघको आयोजनामा शुक्रवार एक कार्यक्रमका विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको होे ।


कार्यक्रमा जिल्लाका पछाडी परेका मुक्त हलिया समाजको आवाज राज्यका विशेष ठाउमा पुर्याउन राजनितिक दल र स्थानीय सरकारको विशेष भुमिका रहने हुदा मुक्तः हलियाकोे जीवन स्तर सुधार गर्न अहम भुमिका खेल्न यो कार्यक्रमको आयोजना गरिएको युरोपेली युनियनका अन्तरगतको अधिकार परियोजना संयोजक चक्र आग्रीले बताए ।


आग्रीले भने, ‘राज्यको समानता र समता बिचको भिन्नता र परियोजनाले जयपृथ्वी नगरपालिकामा रहेका मुक्त हलिया समुदायको जिवनस्तर सुधारका लागि गरिएका कार्यसंगै आगामी दिनमा हलियाहरु पूर्ण संरक्षणको जिम्मा लिन कार्यबिधि निमार्ण गर्न अनुरोध ।’


संघीय लोकतान्त्रिक गणतन्त्रमा कोही पनि बर्ग समुदाय माथी विभेद गर्न नहुने र हरेक मानिसको बाँच्न पाउने नैसर्गिक अधिकार भएकाले कुनै पनि दलित हलिया समुदायमाथीको विभेद समाजमा सुहाउदो नभएको र बिपन्न बर्गको जिवनस्तर परिवर्तन र आयआर्जन मुलक कार्यको लागि आफुले पहल गर्न तयार रहने जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले बताए ।

बझाङ्ग जिललामा २८ सय ४८ मुक्त हलिया परिवारको डाटा संकलन गरि राज्यले हलिया परिवार तोकेको भए पनि त्यस मध्यका केही परिवारले पुनस्थापना प्याकेजको सुबिधा प्राप्त गरेको अवस्थामा हलियाको पूर्ण जिवनशैली बदल्ने राज्यको नयाँ कुनै योजना नबनेका कारण हलिया समुदाय दैनिकि झनै दयनीय बन्दै गएका बेला सयमा संथानीय सरकारको प्रत्यक्ष निगरानी मार्फत अघि बढ्ने व्यवस्था मिलाए हलिया समुदायको राज्य सरकार संगको सम्बन्ध बिस्तार देखिन्छ ।


अन्तरक्रियामा नेपाली काँग्रेसका पार्टी प्रवक्ता रमानन्द जोशी,नेकपा एमाले पार्टी सचिव आनन्दलाल बिश्वकर्मा माओवादी केन्द्रका जिल्ला संयोजक टोप बहादुर खडका नेकपा एकिकृत समाजवादी पार्टीका सचिव लक्ष्मीराज जोशी दलित बिकास समिति जयपृथ्वी नगरपालिका अध्यक्ष गोबिन्द नेपाली नगरप्रमुख चेतराज बजाल लगाएत वडाध्यक्ष कार्यपालिका सदस्य दलित बिकास समिति ,महिला बिकास समिति र बिषयगत समितिका प्रमुखको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया