९ जना यात्रु सवार गुडिरहेको सुमोमा अचानक आगो लागेर नष्ट

ओखलढुंगा । ओखलढुंगामा गुडिरहेको बेला एक सुमोमा अचानक आगलागी हुँदा जलेर नष्ट भएको छ ।

काठमाडौंबाट सोलुखुम्बुका लागि छुटेको ना १ ज ८८८२ नम्बरको सुमोमा सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ७ हिलेपानी नजिक आगलागी भएको प्रहरीले जनाएको छ ।

उक्त सुमोमा ९ जना यात्रु सवार रहेको बताइएको छ । सुमो पूर्णरुपमा जलेर नष्ट भएपनि कुनै मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया