पाँचथरको कुम्मायकमा आगलागी हुँदा घर जलेर नष्ट

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका १ सिम्लेमा आगलागी हुँदा घर र ग्वालि जलेर नष्ट भएका छन् ।

जंगलबाट सल्किएको आगो आज दिउसो साढे १२ बजे बस्तीमा पस्दा खर र जस्ताले छाएको ढुङ्गाको घर ग्वालि जलेर नष्ट भएको डिएसपी हरि खतिवडाले जानकारी दिए ।

आगलागीमा मानभक्त बोहाेरा, कमल बोहाेरा, मदन बोहाेराको घर ग्वालि जलेको हो ।

आगलागीबाट मानवीय क्षति नभएको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कुम्मायकका सुरक्षाकर्मी र स्थानीय मिलेर आगो निभाउन लागेका थिए ।

प्रतिक्रिया