जयपृथ्वी नगरपालिकामा बास नेपालको उपशाखा

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा बागेश्वरी असल शासन क्लव (बास नेपाल) को उपशाखा गठन भएको छ । आज एक कार्यक्रमका बिच बागेश्वरी असल शासन क्लव बास बझाङका अध्यक्ष रमेशबहादुर सिंहको अध्यक्षतामा ११ सदस्यीय उपशाखा गठन गरिएको हो ।

जसको अध्यक्षमा दोरेन्द्र खड्का, उपाध्यक्ष तिलक खड्का, सचिवमा साजन खड्का, सहसचिव कविन्द कठायत, कोषाध्यक्ष गिताकुमारी थापालगायत अन्य ११ जनाको समिति गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै बास नेपाल बझाङका सचिव टेकेन्द्र बोहराले बास नेपालले देशभर भ्रष्टाचार सुसाशन जिविकोपार्जन लगायतको क्षेत्रमा काम गर्दै आएको जयपृथ्वी नगरपालिकामा गठन गरिएको र पछिल्ला दिनहरूमा यस उपसाखाले जनताका कुराहरू बोल्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले बास नेपालले सबै निकायमा हुने गरेका भ्रष्टाचार न्यूनिकरण गर्न अभियान थालेको हुँदा पालिकाभित्र रहेका अनियमितताको खोजी गरी सभ्य समाजको निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रिया