कालीकोट । वनमा लाग्ने डढेलो नियन्त्रणसम्बन्धी समन्वयात्मक बैठक सम्पन्न भएको छ । यो समयमा बढी आगलागी हुने र वनको क्षति हुने भएकाले सचेतनाका लागि बैठक भएको थियो ।
डिभिजन वन अधिकृत रमेश कुमार गिरीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको प्रमुख आतिथ्यतामा जिल्लास्तरीय समन्वयत्मक बैठक बसेको हो ।
उक्त बैठकमा वन उपभोक्ता समितिका पधाधिकारी, पत्रकार, सुरक्षा निकायका प्रमुखलगायत वनसँग सम्बन्धित सरोकावालाहरूको सहभागीता रहेको थियो । बैठकको सञ्चालन साहायक वन अधिकृत प्रकाश देवकोटाले गरेका थिए ।
आगलागी नियन्त्रण तथा रोकथामका लागि बैठकको आयोजना गरिएको वन अधिकृत तथा बैठकका अध्यक्ष गिरीले बताए । आगलागी एउटा विपद् हो । बैठकमा सुख्खा खडेरी बढी हुने भएकाले यो बेलामा सबैले ख्याल गर्न उनले आग्रह गरे । ऐतिहासिक रूपमा अमेरिका र ब्राजिलमा सबैभन्दा बढी डढेलो लाग्ने गरेको छ ।
नेपालको सन्धर्भमा कर्णालीका सल्यान, कालिकोटलगायतका क्षेत्र रहेको प्रमुख गिरीले जानकारी गराए ।
मानव समुदायको कमजोरीले बढी डढेलो लाग्ने सम्भावना रहेकाले आगलागी हुन नदिन सलाईको काँटी, लाइटर चुरोट खायर नफाल्न उनले अपिल गरे ।
यस्ता डढेलो नियन्त्रण तथा रोकथाम गर्न सबैलाई उनले आग्रह गरे । कार्यक्रमका अधिकांश सहभागीले वनको डढेलो नियन्त्रण र रोकथाम गर्न सामुदायिक वनलाई निगरानीमा राख्नुपर्ने बताए ।
विशेष गरी आगलागी नै नभएको बन समितिलाई प्रोत्सान र आगलागी हुने वनलाई दण्ड जरिवाना हुन जरूरी रहेको सहभागीहरुले बताएका थिए । हरेक वन समितिमा अग्नी नियन्त्रण समिति र जनचेतनामूलक सूचना प्रवाह गर्नुपर्ने बताएका थिए ।
आर्थिक वर्ष २०७६ मा ७६ र ७८ मा ५२ वटा आगलागीका घटना घटेको तथ्यांकमा उल्लेख छ । बढिजसो पलाता, पचालझरना, खाडाचक्र र महावै गाउँपालिकामा रहेको छ ।
कालिकाेट
प्रतिक्रिया