कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

बोर्डले २६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ ।

परीक्षा तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीको लागि पुनः अर्को व्यवस्था नगरिएको बोर्डले जनाएको छ । कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित हुनेछैन ।

परीक्षाको लागि चाहिने ग्राफ पेपर, चार्ट, गोश्वारा भौचर, बैंक नगदी किताब जस्ता सामाग्रीहरू स्वयं परीक्षार्थीले नै लैजानुपर्नेछ ।

नयाँ पाठ्यक्रम अनुसार बायोलोजी विषयको परीक्षा दिने परीक्षार्थीहरूले बोटनी र जूलोजी विषयको लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ ।

कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन परीक्षा परेको खण्डमा सूचना प्रकाशन भएको १५ दिनभित्र बोर्डका प्रदेश÷शाखा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराउनुपर्ने बोर्डले जनाएको छ ।

परीक्षा केन्द्र परिवर्तन गर्न नपाउने र परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।

कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका https://www.neb.gov.np/uploads/photos/3Ga3KvGbuE230305093223.pdf

प्रतिक्रिया