ओखलढुंगामा बोलेरो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते

ओखलढुंगा । ओखलढुंगामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नम्बर ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुंगाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिए ।

दुर्घटनामा परी ११ जना घाइते भएका छन् । तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । पाँच जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ जना सवार थिए ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया