त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा तिवारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकको जिम्मेवारी प्रतापबाबु तिवारीलाई दिइएको छ । प्रेम ठाकुर निलम्बनमा परेसँगै तिवारीलाई महाप्रबन्धक बनाइएको हो ।

तिवारी हाल सिभिल एभिएसन एकाडेमीका प्रमुख हुन् । त्यस्तै भैरहवा विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी पनि हंसराज पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

उपमहानिर्देशक पाण्डे हवाइ सेवा निर्देशनालयको जिम्मेवारीमा रहेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले टीआईएमा प्रतापबाबु तिवारी र भैरहवामा हंसराज पाण्डेलाई जिम्मेवारी दिइएको जानकारी दिए ।

प्रतिक्रिया