कालिकोट । कर्णाली प्रदेशसभाकी उपसभामुख यशोदा न्यौपाने (पुर्णिमा) ले आफ्नो गृह जिल्लाका पत्रकारहरूसँग राय सुझाव लिएकी छन् ।
उपसभामुखमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुगेकी न्यौपानेले सोमबार कालिकोट जिल्लाका पत्रकारहरुसँग राय–सुझाव मागेकी हुन् । उनले मिडियासँग सम्बन्धित विभिन्न खालका समस्याको सावधान गर्न सुझाव मागेकी छन् ।
‘आफ्नो योगदानको कदर गरेर पार्टीले मलाई यो ठाउँमा पुर्याएको छ’, उनले भनिन्, ‘म साझा ठाउँमा पुगेकी छु, केही नीति निर्माण बनाउने ठाउँमा छु ।’ सबै सकारात्मक केही जनप्रिय र प्रेसमैत्री नीति बनाउनमा ठूलो सहयोग मिल्ने उनले बताइन् ।
कार्यक्रममा पत्रकारहरूले मिडियालाई दिने लोक कल्याणकारी सूचना पुग्दै नपुग्ने समस्या छ । राज्यले मिडियालाई विज्ञापन दिए पनि त्यो कर्णालीमा नपुग्ने गरेको गुनासो पत्रकारहरुले गरेका थिए । राज्यले दिने विज्ञापनमा पनि विभेद हुने गरेको गुनासो पत्रकारहरुले राखेका थिए ।
पत्रकारको गुनासोमा उपसभामुख न्यौपानेले कर्णालीबाट पत्रकारीता गर्न निकै चुनौति भएको र यसको केही न केही सौलियत गर्ने र आगामी दिनमा समस्या समाधानका लागि प्रदेश सरकारमा पहल गर्ने उपसभामुख न्यौपानेले प्रतिबद्धता जनाइन् ।
कालिकाेट
प्रतिक्रिया