मुगु । कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जितबहादु मल्लले कर्णालीका जिल्लामा योजनाहरु आउने तर ति योजना कनिका छर्नेजस्ता भएको बताएका छन् ।
आईतबार भू तथा जलाधार व्यवस्थापन कार्यालय मुगुको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री मल्लले यस्तो बतएका हुन् ।
यसअघि भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाबाट मुगु जिल्लामा पनि कार्य सञ्चालन भएको अवगत गराउँदै मन्त्री मल्लले भू तथा जलाधार व्यवस्थापन कार्यालयको साइट कार्यालय अन्य कर्णालीका जिल्लामा स्थापना भएपनि मुगुमा भने नभएको र आफू मन्त्री भएसँगै यसको पहल गरेको तथा मुगुमा पनि भू तथा जलाधार व्यवस्थापन कार्यालय साइट कार्यालय स्थापाना भएको मन्त्री मल्लले बताए ।
अहिले भूक्षय नियन्त्रण, पानीका मुहान संरक्षण, तटबन्ध, पहिरो रोकथाम लगायतका मुगुको लागी २४ योजना छन । बर्तमान अवस्थामा साईट कार्यालयको रूपमा खोलिएको छ । यस कार्यालयबाट भूक्षय नियन्त्रण, पानीका मुहान संरक्षण, तटबन्ध, पहिरो रोकथामलगायतका काम हुने भए पनि योजना कनिका छर्नेजस्ता देखिएको उनको भनाइ छ ।
योजना चार पालिकाका चार वटैमा हुनुपर्ने तर बृहत भएमा विकास निर्माण र नागरिकमा सहजता हुने मन्त्री मल्लले बताए । ‘योजना वितरण थोरै गरौँ, तर उपलब्धीमुलक होस् अनि मात्र विकासले सार्थकता पाउँछ’, उनले भने ।
संघीयताको मर्म र भावना अनुसार जनताले घर आँगनबाटै योजना सम्झौता, भुक्तानीलगायतका सेवासुविधा पाउनुपर्छ भन्ने उदेश्यका साथ यो कार्यालयको स्थापाना भएको उनको भनाइ थियो ।
कर्णालीका डोल्पा, हुम्ला र रुकुम पश्चिममा कार्यालय स्थापना गरे सँगै मुगुमा पनि यसको कार्यालय स्थापना हुनु पर्छ भन्ने हेतुका साथ मुगुमा पनि साइट कार्यालय स्थापना भएको हो ।
अहिले मुगुमा कार्यालय स्थापानासँगै एक जना सव ईन्जिनिर र एक जना सुपरभाईजर रहने गरी साइट कार्यालय स्थपाना गरिएको छ । विशेष गरेर योजनाको सम्झौता, अनुगमन, निवेदन संकलनलगायतका काम हुने भू तथा जलाधार व्यवस्थापन जुम्ला साईट कार्यालय मुगुका कार्यलय प्रमुख हिमालय सावतले बताए ।
मुगु
प्रतिक्रिया