कालिकोटमा आगलागीबाट एकको मृत्यु, दुई जना घाइते

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिका– ८ मा रहेको सालझारी सामुदायिक वनमा शनिबार आगालागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा खाँडाचक्र नगरपालिका– २ का ५५ वर्षीय जयलाल बिक रहेका छन् । त्यसैगरी घाइते हुनेमा नरहरीनाथ गाउँपालिका– ८ का ४७ वर्षीय अदाने विष्ट र सोही ठाउँका वर्ष ३२ का धिरेन्द्र विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमालले जानकारी दिए ।

घाइतेमध्य का धिरेन्द्र विष्टको अवस्था सामान्य रहेको बताइएको छ । घटनामा गम्भीर घाइते जयलाल बिकको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको थियो ।

उनको शव अस्पतालको शव गृहमा राखिएको प्रहरी प्रमुख जयश्वर रिमालले बताए । आगलागीमा घाईते वर्ष ४८ का अदान सिंह विष्टलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट किर्तिपुर अस्पताल रिफर गरिएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया