स्वास्थ्यकर्मीसहित घरदैलोमा अध्यक्ष सुवेदी

दैलेख । दैलेखको नौमुले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले जनताको स्वास्थ्य अवस्था बुझ्न घरदैलो अभियान थालेकाछन् ।

अध्यक्ष सुवेदीले स्वास्थ्यकर्मीको टिमसहित जनताको घरमै पुगेर सर्वसाधारणको स्वास्थ्य अवस्था बुझ्ने अभियान सुरु गरेकाहुन ।

नौमुले गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम गुरुङ, प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेका डाक्टर याम शर्मा, वालुवाटार स्वास्थ्य चौकी प्रमुख सन्देश चन्द, प्राथमिक स्वास्थ्य केन्द्रका प्रयोगशाला सहायक उपेन्द्र थापा लगायतका स्वास्थ्यकर्मी सहित अध्यक्ष आफै जनताको घर घरमा पुग्ने गरेका छन् ।

यसरी सुरु गरिएको अभियान नौमुलेका ८ वटै वडाका प्रत्येक टोलमा पुग्ने स्वास्थ्य शाखा प्रमुख पदम गुरुङले बताए । यसरी अभियान सुरु गर्दा जनताले स्वास्थ्य सुविधा पनि घरमै पाउने र आफुले जनताका अन्य समस्याका बिषयमा पनि जानकारी लिनपाइने गाउँपालिका अध्यक्ष सुवेदीले बताए ।

डाक्टर याम शर्माले उच्च रक्तचाप, मधुमेह, मृगौला रोग जस्ता अप्ठ्यारा नसर्ने रोगहरु गाउँमा धेरै मात्रामा रहेको बताए । गाउँपालिका अध्यक्ष सुवेदी स्वास्थ्यको टिमसहित जनताको घरमा पुग्दा नौमुलेका जनताले साच्चिकै आफुहरुले जनताको प्रतिनिधि पाएको महसुस भएको बताएका छन् ।

यता भगवतीमाई गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनगर्ने भएको छ । भगवतीमाई गाउँपालिकाको केन्द्र रहेको बेस्तडा बजारमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर गर्ने लागेको हो ।

भगवतीमाई गाउँपालिकाको आयोजनामा गरिने शिविर फागुन १९र २० गते ज्वाला माध्यमिक विद्यालयमा सञ्चालनहुने भगवतीमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाराम विष्टले जानकारी दिए ।

उनका अनुसार शिविरमा नेपालगञ्ज मेडिकल कलेजको प्राविधिक सहयोग रहने छ । शिविर सञ्चालनमा मेडिकल कलेजका विभिन्न रोग विशेषज्ञ महिला तथा पुरुष डाक्टरहरुद्धारा स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि वितरण गरिने छ ।

दुई दिन चल्ने शिविरमा स्त्री रोग, जनरल मेडिसिन, छाला रोग, नाक कान घाटी सम्बन्धी रोग, रेडियोलोजी (भिडियो एक्स–रे), अडियोमेट्री (बहिरोपन) प्रयोगशाला, इ.सी.जी लगाएतको रोगको परीक्षण गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

शिविरमा आएका जटिल खालका बिरामिलाई थपउपचार गर्नुपर्ने देखिएमा मेडिकल कलेजमा रिफरगरी विभिन्न छुट सुविधामा उपचार गर्ने व्यवस्था मिलाइएको नेपालगञ्ज मेडिकल कलेजले जानकारी दिएको छ ।

प्रतिक्रिया