पाँचथरकाे हिलिहाङमा जलेर दुई बालकको मृत्यु

पाँचथर । हिलिहाङ गाउँपालिका ७ पन्थाक युवा डाडा गाँउमा घरमा आगलागी हुँदा दूई जना बालको जलेर मृत्यु भएको छ ।
प्रेम पन्थाकको घरमा आगलागी हुँदा उनका छोरा र भान्जाको मृत्यु भएको हो ।

४ र ५ बर्षिय बालकको मृत्यु भएको हो । शुक्रवार अपरान्न उनको घरमा आगलागी भएको थियो । घटानास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि हरि खतिवडाका अनुसार परिवारका सदस्य काममा गएका बेला घरमा आगलागी भएको पाईएको छ ।

खरले छाएको घरमा आगलागी हुँदा बच्चा मात्र रहेको र जलेको डिएसपी हरि खतिवडा ले जानकारी दिए ।

प्रतिक्रिया