पाँचथर । फिदिम नगरपालिकाले सुरक्षीत आप्रवासनको विषयमा सूचनाकर्मी माझ अन्तरक्रिया गरको छ ।
नगरपालिका र संघीय सरकारको साझेदारीमा उक्त कार्यक्रम सञ्चालन हुन लागेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालको अध्यक्षतामा एक दिवसीय अन्तरक्रिया भएको हो ।
अधिकृत दाहालले स्थानीय सरकार सञ्चालन ऐन २०७४ वैदेशिक रोजगारसम्बन्धी गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारबारे सुझाएका थिए ।
बिगत र वर्तमान अवस्थाको चित्रण टेबलमा नभएर, लक्षित समुदायमा केन्द्रीत हुन पत्रकारहरुको जोड थियो । सामी परियोजनाअन्तर्गत उक्त कार्यक्रम आज बिहान नगरपालिकाका शाखा प्रमुखहरुसँग अभिमुखीकरण गरिएको छ । उक्त योजनाको पारदर्शीता हुन आवश्यक ठानिएको अन्तरक्रियामा जोड रहेको थियो ।
प्रतिक्रिया