नेकपा पाँचथरले सिडिओलाई बुझायो ज्ञापन पत्र

पाँचथर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बिभिन्न माग राख्दै पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई ञापन पत्र बुझाएको छ । नेकपाका जिल्ला इन्चार्ज सन्तोष विष्टको नेतृत्वमा गएको एक टोलिले प्रमुख जिल्ला अधिकारी (सिडिओ) समक्ष २१ वुंदे ज्ञापन पत्र बुझाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याज, लघुवित्त संस्थाहरूले ऋण लगानी, कृषि बृद्धिका लागि गरिब किसानलाई प्रोत्साहन कर्जा लगानी मा ३ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनु पर्ने लगायतका माग राख्दै ञापन पत्र बुझाएको इन्चार्ज बिष्टले बताए । ज्ञापन पत्रको एक प्रति नगरपालिका र गाउँपालिकाहरुमा बोदार्थ दिइएको छ ।

ज्ञापन पत्र बुझ्दै सिडिओ गणेश गैरेले राज्यले नियमनकारी भुमिका निर्वाह गर्ने बताउ । उनले भने, ‘संबैधानिक हक राज्यले लागु गर्छ, हिंसागत गतिविधि राज्यलाई सह्य हुन्न, उठाइएका मागहरू जायज छन् । क्रमस लागु गर्दै लैजाने छौं ।’
नेकपाले गणतन्त्र चोकमा कोण सभामा पनि गरेको छ।

प्रतिक्रिया