पाँचथर । जिल्लाको मेची राजमार्गमा सवारी साधन चेकजाँच तीव्र बनाइएको छ। उक्त राजमार्गको फिदिम खण्डमा बुधबारमात्र ८० वटा सार्वजानिक सवारीसाधन चेकजाँच गरिएको छ । यात्रुको सूरक्षा संवेदनशीलताको विषय चर्चामा आएपछि जिल्ला प्रशासन कार्यालय पाँचथरको अगुवाईमा अनुगमन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश गैरे नेतृत्वको टोलीले अनुगमनमा चेकजाँच गर्दा ७ वटा सवारी साधनले टिकट नकाटी यात्रु ओसारेको फेला परेको छ ।
अनुगमन टोलीमा नेपाल प्रहरी, शसश्त्र प्रहरी, ट्राफिक प्रहरी सहभागी थिए । सार्वजानिक सवारी साधनमा यात्रुको सुरक्षाका लागि यो क्रम निरन्तर रहने सिडिओ गैरेले बताए । मेची राजमार्ग अन्तरगत झापाको चारआली देखी ताप्लेजुङ सम्मको खण्डमा दैनिक एक हजार भन्दा बढी सवारी ओहोर दोहोर गर्छन । सवारी साधनले यात्रुसँग महङगो भाडा लिने, टिकट नकाटी चढाउने लगायतका समस्या छन् ।
प्रतिक्रिया