एमालेले चार नेतालाई दियाे नयाँ जिम्मेवारी

काठमाडौं । नेकपा एमालेकाे केन्द्रीय सचिवालय बैठकले चार नेतालाई नयाँ जिम्मेवारी दिएकाे छ । बिहीबार बसेको बैठकले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई चयन गरेको छ ।

यसअघिको इन्चार्ज देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएकाले उनको ठाउँमा गौतमलाई जम्मेवारी दिइएको हो ।

त्यस्तै घनश्याम भुसालका कारण रिक्त रहेको अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई चयन गरेको छ ।

बैठकले बालकृष्ण ढुंगेलको निधनका कारण रिक्त भएको अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ चयन भएका छन् ।

त्यस्तै, रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुख भएका कारण रिक्त रहेको धनुषा इन्चार्जमा शीला यादवलाई जिम्मेवारी दिएको बैठकपछि उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया