जेष्ट आईडियोलोजीले मनायो १३औँ वार्षिकोत्सव

काठमाडौं । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले तेह्रौं वार्षिकोत्सव मनाएको छ । माघ २५ गते खिचापोखरी, न्यूरोडमा प्रधान कार्यालय रहेको जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै सहकारी विज्ञ दिपकप्रकाश बाँस्कोटाले मुलुकको सहकारी क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताएका छन् । उनले भने, ‘वर्षेनी राज्य कोषमा अर्बौं रुपैयाँ राजश्व बुझाउँदा पनि राज्यले उपेक्षा गरेको छ ।’

साे अवसरमा जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले संस्थाका अध्यक्ष हेम कार्कीले मुलतः बचत तथा ऋणको कारोबार गर्दै सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय विकास र सन्तुलन गर्ने उद्देश्यका साथ संस्था स्थापना भएको उल्लेख गरे । उनले संस्थाले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको बताए ।

संस्थाले शेयर सदस्यहरुको लागि निःशुल्क दन्त परीक्षण र आयुर्वेदिक स्वास्थ्य परामर्श शिविर संचालन गरेको अध्यक्ष कार्कीले बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

स्थापना दिवसको उपलक्ष्यमा संस्थाले मैतीदेवी स्थित वैभव पार्टी भेन्यूमा बृहत रक्तदान, निःशुल्क दन्त शिविर, आयुर्वेदिक स्वास्थ्य परामर्श सेवा, ज्येष्ठ शेयर सदस्य सम्मान लगायतका कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा संस्थाले नेपाल स्वयमसेवी रक्तदाता समाजलाई ५१ हजार १३ रुपैयाँ आर्थिक सहयोग सहित सम्मान गरेको छ ।

वार्षिकोत्सवको अवसर पारेर संस्थाले शेयर सदस्यहरुहरुलाई सहुलियत दरमा स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागि ओजस आयुर्वेद हस्पिटल तथा रिसर्च सेन्टर र हिमाल डेन्टल हस्पिटलसंग सम्झौता गरेको छ । सम्झौता पश्चात अब दुबै हस्पिटलमा उपचार गराउँदा संस्थाका शेयर सदस्यहरुले उपचार शुल्कमा २५ प्रतिशत र औषधिमा १० प्रतिशत छुट पाउनेभएका हुन् । संस्थाका अध्यक्ष हेम कार्की, ओजस आयुर्वेद हस्पिटल तथा रिसर्च सेन्टरका व्यवस्थापक सानु लामा र हिमाल डेन्टल हस्पिटलका प्रवन्ध निर्देशक डा. राजेन्द्र प्रसाद भट्टले छुट्टा छुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया