चाबहिल चुच्चेपाटीमा याडियाको सोरुम

काठमाडौ । नेपालका लागि याडिया ब्रान्डको इ–स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले चाबहिलको चुच्चेपाटीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । सोरुमको उदघाटन काठमाडौं महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष भुवन तामाङले गरेका हुन ।

याडियाले नेपालमा निरन्तर विभिन्न मोडलहरूको प्रिमियम इ–स्कुटरहरू बिक्री गर्दै आफ्नो बिक्री र बिक्रीपछिको सेवालाई निरन्तरता दिएको दाबी गरेको छ । हाल कुजु नेपालले पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा डिलर नेटवर्क स्थापना गरिसकेको जनाएको छ । ग्राहकलाई थप सुविधा दिनका लागि चुच्चेपाटीमा पनि सोरुम सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ । छिट्टै नै बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लाहान, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र धनगढीमा नयाँ आउटलेट खोल्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया