इलेक्ट्रिक थ्रि–ह्वीलर अटो ‘ट्रियो र यारी’मा नगद छुट मेला

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्रि–ह्वीलर ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो र यारी दमक, भैरहवा र नेपालगन्जमा सार्वजनिक गरेको छ ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एन्ड महिन्द्राका आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिको उपस्थितिमा ३ नयाँ बिक्री केन्द्रसहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्र जस्तै बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेतलगायतका महिन्द्रा सोरुममा ‘नगद छुट र एक्सचेन्ज’ मेलाको घोषणासमेत गरेको छ ।
देशका विभिन्न क्षेत्रका १२ वटा महिन्द्रा बिक्रीकेन्द्रमा एकै साथ एक कार्यक्रम आयोजना गरी यस ‘नगद छुट मेला र अटो सटही योजना’ ल्याएको हो । जसमा नयाँ इलेक्ट्रिक थ्रि–ह्वीलर अटो ‘ट्रिया र यारी’ खरिद गरेवापत् ४० हजारसम्मको नगद छुट दिने योजना ल्याएको छ । यो योजना २०२३ को पुरै फेब्रुअरी महिनाभरका लागि लागू हुनेछ ।

यो योजनाले ग्राहकलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्रि–ह्वीलर अटो ‘ट्रियो र यारी’को प्रयोगले उद्यमशीलतालाई समर्थन गर्ने प्रयास हो । यस मेलाबाट पुराना तथा नयाँ ग्राहकले अधिकतम लाभ लिन सक्ने अपेक्षा कम्पनीले गरेको छ ।

प्रतिक्रिया