प्रचण्ड–ओली सहमति नजिक

उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौ । भावी राष्ट्रपतिको विषयमा सत्तारूढ दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो छलफल भएको छ । सोमबार यता प्रचण्ड र ओलीबीच दैनिकजसो भेटवार्ता भइरहेको छ । बुधवार एमाले अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीचको कुराकानीमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएर छलफल गर्न दुवै नेता सहमत भएका छन् । उनीहरूबीच सहमति नजिक पुगेको स्रोतले बतायो ।


‘उच्चस्तरीय संयन्त्रको बैठक बस्छ । त्यो बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ, सहमतिबाटै अघि बढ्ने प्रयास हुन्छ’, बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्महरूसँग प्रतिक्रिया दिए । आगामी २५ फागुनमा गते हुने राष्ट्रपति निर्वाचनका लागि सत्तारूढ एमाले र कांग्रेसले आआफ्नै उम्मेद्वार उठाउने तयारी गरेका छन् । एमाले र कांग्रेसले फरकफरक उम्मेद्वार उठाउने भएपछि सत्तारूढ दल एमाले र माओवादीको राष्ट्रपतिबारे फरकफरक धारणा सार्वजनिक भइरहेका छन् ।

यसअघि भएका पटकका छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले उम्मेद्वारलाई जिताउनको साटो ‘राष्ट्रिय सहमति’ गरौँ भन्दै कांग्रेसको पक्षमा लबिङ गरेको भन्दै ओली असन्तुष्ट बन्दै गएका थिए । उनले यसअघि राजनीतिक संयन्त्रमा भएको सहमति कार्यन्वयन नगरी त्यसको बैठक बस्नुको औचित्य नभएको भन्दै उनी त्यसको बैठक राख्ने पक्षमा देखिएका थिएनन् ।
नेकपा एमालेले १० पुस को सहमतिअनुसार राष्ट्रपति एमालेको हुने बताउँदै आएको छ भने प्रधानमन्त्री प्रचण्डले सकभर राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् । जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका उम्मेद्वारमा राष्ट्रिय सहमति हुन नसक्ने बताउँदै आएका छन् ।


प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमा जोड दिएपछि एमाले अध्यक्ष ओलीले एमालेलाई पाखा लगाएर कांग्रेससँग सहकार्य गर्न खोजिएको आशंका गरिरहेका छन् । यस्तोमा सत्ता गठबन्धनभित्रै ‘खटपट’ को अवस्था देखिएको छ । यही बेला राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बहिरिएपछि राजनीतिक समीकरणमा फेरबदल हुनसक्ने अनुमान गर्न थालिएको छ ।

मंगलबार भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई समेत मनाउने गरी राष्ट्रपतिको उम्मेद्वार खोज्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए् । स्रोतका अनु्सार प्रचण्डले एमालेको तर्फबाट नै राष्ट्रपतिको उम्मेद्वार बनाए पनि त्यो सबैलाई मान्य खालको वयक्ति अगाडि सार्दा सबैलाई सहज हुने ओलीसमक्ष आग्रह गरेका थिए ।

तर, जवाफमा एमाले अध्यक्ष ओलीले पहिले भएको सहमतिलाई नै कार्यान्वयन गर्न जोड दिएका थिए । सरकार गठन गर्दा माओवादीलाई प्रधानमन्त्री, एमालेलाई सभामुख र राष्ट्रपति दिने सहमति भएको थियो । सो अनुसार प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् भने एमालको तर्फबाट देवराज घिमिरे सभामुख भइसकेका छन् । सभामुख एमाले पाउँदा त्यसमा कांग्रेसले पनि उम्मेद्वार उठाएको थियो । त्यसैगरी उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उठाउँदा कांग्रेसले अलग्गै प्रत्यासी उठाएको थियो । तर राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार भएका उर्मिला अर्यालविरुद्ध कुनै उम्मेद्वार उठाएन । त्यसैले उनी सर्वसम्मत भएकी छन् । माओवादी बाहेकका दलको भागमा सहमति भएको पदमा मात्र कांग्रेसले सर्वसहमतिको रटान लिएको भन्दै ओलीले माओवादी र कांग्रेसप्रति समीकरण भाँडने चलखेल गरेको आशंका गर्दै आएका थिए ।

उनीहरूले अहिलेको समीकरणलाई नै राष्ट्रिय सहमतिको स्वरूप दिने विषयमा छलफल गरेका थिए । दुबै नेताहरू यो समीकरण भत्कनगरी कुनै सहमति नखोज्ने विषयमा सहमति नजिक पुगेको स्रोतले बतायो । दुबै नेताहरूबीच यस विषयमा सहमति भएपछि बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो । सो बैठकमा पहिलोपल्ट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेद्वारका विषयमा छलफल हुने भएको छ ।

मंगलबार भएको दुइ नेताबीचको छलफलमा ओलीले फेरि त्यही प्रश्न दोहो¥याएका थिए –एमालेले पाउने सहमति भएको पदमा मात्र किन कांग्रेस माओवादीलाई सहमति चाहिएको हो ? अनि एमालेले अरूको भागमा परेको पदमा यस्तो मान्छे भए हुन्छ नभए हुन्न भनेन तर एमालेको भागमा परेको राष्ट्रपतिमा किन साझा मान्छे भनेर अरूको पार्टीमा हात हाल्ने कोशिस भएको छ ? भन्दै प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाएको एक नेताले सौर्यलाई बताए ।


एक नेताका अनुसार मंगलबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक राख्ने विषयमा प्रधानमन्त्रीले राखेको जिज्ञासामा कुनै प्रतिक्रिया नदिई बाहिरिएको बताइएको छ ।

यसरी ओली बाहिरिएपछि प्रचण्ड तनावमा परेका थिए । त्यस लगत्तै प्रधानमन्त्री आफैँ ओलीलाई भेट्न बु्धबार बिहान ओली निवास बाल्कोट पुगेका थिए । दुबै नेताबीच लामो समय ओली निवासमा छलफल भएको बताइएको छ । दुबै नेताले अहिलेको समीकरणलाई जोगाएर मात्र राष्ट्रिय सहमति खोज्ने अनौपचारिक सहमति गरेका थिए । उनीहरूले अहिलेको समीकरणलाई नै राष्ट्रिय सहमतिको स्वरूप दिने विषयमा छलफल गरेका थिए । दुबै नेताहरू यो समीकरण भत्कनगरी कुनै सहमति नखोज्ने विषयमा सहमति नजिक पुगेको स्रोतले बतायो ।


दुबै नेताहरूबीच यस विषयमा सहमति भएपछि बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो । सो बैठकमा पहिलोपल्ट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेद्वारका विषयमा छलफल हुने भएको छ । सो संयन्त्रको एमाले अध्यक्ष केपी शर्मा ओली संयोजक हुन् ।

बुधबार लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको परिणामले पनि अहिलेको समीकरण कायम हुने संकेत दिएको छ । विशेषगरी माओवादीका भोट कांग्रेस उम्मेद्वारतर्फ क्रस हुने अड्कलबाजी गरिएको थियो । तर परिणामले त्यो अड्कलबाजीलाई गलत सावित गरिदिएको माओवादीका एक नेताले सौर्यलाई बताए ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भने नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेद्वारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दावी गरेका छन् । महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेद्वारलाई हराउनका लागि आफूहरूले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकीरसमेत गरे ।


बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरू आँखा लगाएरै अघि बढ्ने बताए ।

महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर कांग्रेसलाई भएकाले आफूहरू त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरू पक्षको बनाउन सबै प्रयास गर्ने बताए । उनले भने, ‘राष्ट्रपतिका आँखा लाउलास् भन्नुहुन्छ साथीहरू । ठिकै हो । त्यो पनि कुरा । तर नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरूमा हामीले कस्तो बनाएका छौँ ? मन लाग्दाखेरी हामीले संविधानलाई मिच्न पाउने । हामीले संसद् विघटनको बेलामा हे¥यौँ । सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अड्किएको विधेयक र यो सरकारले निर्वाचनपछाडि लिएर गएको अध्यादेश । यी दुई वटा विषयमा मेरा आफ्ना मतहरू छन् ।

विगतका राष्ट्रपतिहरूको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ थियो । यता राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेद्वार नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् । सत्ता साझेदार दलबाट एमालेका उम्मेद्वार दसौंदी ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनु्सार दसौंतीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत पाएका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १ सय ९२ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ तीन मत बदर भएको छ । नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो । निर्वाचनमा ३ सय ५ जना मतदाता थिए । जसमा ३ सय ४ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया