रहेनन् कलाकार पौडेल

काठमाडौं । अग्रज कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा बुढानीलकण्ठ चपलीस्थित घरमा मंगलबार अपरान्ह साढे तीन बजे निधन भएको छ । लामो समयदेखि दमको रोगबाट पीडित उनको मंगलबार बेलुका पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पौडेल अभिनीत पछिल्लो चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई यस वर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस गरिएको थियो । उनी हालै प्रदर्शनमा आएको चलचित्र ‘नालापानी’ मा राजगुरुको भूमिकामा देखिएका थिए ।

उनले रिसानी माफ, उपद्रो, आधा बाटोसहित करिब सात दर्जन चलचित्रमा काम गरेका थिए । उनले टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनमा समेत अभिनय गरेका छन् । उनका पाँच छोरा र दुई छोरी छन् । साथै उनकी श्रीमती देवकुमारी पौडेलसमेत कलाकारितामा काम गर्छिन् ।

प्रतिक्रिया