टर्कीको भूकम्पमा मृत्यु हुनेको संख्या २,९२१ पुग्यो

काठमाडौं । टर्कीको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार ९२१ पुगेको छ । सोमबार बिहान टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट अन्य हजारौँ घाइते भएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार टर्कीमा अहिलेसम्म १५ हजार ८३४ जना घाइते भएको पुष्टि भएको छ । सोमबार बिहान सुतिरहेका बेला भूकम्प गएको थियो । जसका कारण धेरै हताहत भएको थियो । केही घण्टापछि फेरि ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।

प्रतिक्रिया