पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ । ७९ वर्षका उनी कमैलाई मात्र लाग्ने एमलोइडोसिस् रोगबाट पीडित थिए । र उनी ३ हप्तादेखि अस्पतालमा भर्ना भएका थिए ।

१८ वर्षको उमेरमा सन् १९६१ मा सैनिक एकेडेमीमा भर्ना भएका उनी सेनाको प्रमुख बनेका थिए । सन् १९९९ मा सैनिक कुमार्फत उनले सत्ता हात पारेका थिए । मुसर्रफले सैनिक कु गर्नुअघि नवाज सरिफ प्रधानमन्त्री थिए । (बीबीसी)

प्रतिक्रिया