कालिकोटमा मृत अवस्थामा फेला पर्याे चितुवा, गोली हानेको आशंका

कालिकोट । रास्कोट नगरपालिका वडा नं. ६ को ओखलढुंगामा भाले चितुवा मृत अवस्थामा फेला परेको छ । स्थानीयले मृत अवस्थामा चितुवाको बच्चा भेटाएपछी अस्थायी प्रहरी चौकी शान्तिघाटले डिविजन बन कार्यालयलाई खबर गरेको थियो ।

डिविजन वन कार्यालयको टोलीले उक्त मृत चितुवालाई सदमुकाम ल्याएको हो । हुम्ला कर्णाली राजमार्ग अन्र्तगत नदिको किनार नजिकै शुक्रबार मृत अवस्थामा चितुवाको बच्चा फेला परेको डिजिवन वन कार्यालयले जनाएको छ । शुक्रबार साझ नै मृत चितुवा सदमुकाम मान्म पुगाइएको थियो ।

सदमुकाम मान्म पुगाए लगत्तै पशुसेवा कार्यालयमा पोष्टमार्टम गरिएको छ । ३ किलो २ सय ३० ग्राम तौल रहेको चितुवाको बच्चालाई सिकारीले गोली हानेको आशंका गरिएको छ । घाटी नजिकै र कानमा स-सानो चोटपटक समेत रहेको छ ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा चितुवाको भाले, पोथी र दुई बच्चा रहेको पाइएको छ । यसअघि पनी शान्नित्रिवेणी क्षेत्रको सडकमार्गमा चितुवा भेटिएको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया