ए डिभिजन लिगका १४ क्लबलाई १५/१५ लाख निकासा

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको ए डिभिजन लिग फुटबलको तयारी तीव बनाइएको छ । एन्फाका अनुसार लिगका लागि सहभागी हुन १४ वटा क्लबले क्लब दर्ता गराएका छन् ।
जसअनुसार एन्फाले लिगको तयारी खर्च स्वरुप हरेका क्लबहरुलाई प्रमथ किस्ता स्वरुप जनही रु १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनले क्लबहरुलाई खेलाडी दर्ताको लागि यही माघ २९ गतेसम्मको मिति तय गरिएको पनि जनाए ।

फागुन १९ गतेदेखि हुने लिगमा डबल राउन्ड रोबिनको आधारमा १८२ खेलहरु खेलाइनेछ । ती खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा संचालन गरिने छ । सबै खेल मैदानको तयारी पनि एन्फाले तदारुकताका साथ अघि बढाएको छ । एन्फाले पाँचौ चरणसम्मको खेल तालिका सार्वजानिक गरिसकेको छ भने बाँकी खेल तालिका पाँचौ चरण सकिएपछि सार्वजानिक गर्ने जनाएको छ । शाहका अनुसार लिगको मार्केटिङ्ग, बोर्डकास्टिङ्ग र टिकेटिङ्गको टेन्डर आह्वान गरिसकिएको छ भने सो टेन्डरहरु यही माघ २३ गते खुला गरिने छ ।

लिगमा प्रथम हुने टिमले नगद ७५ लाख, द्धितीय हुनेले ५० लाख र तृतीय हुनेले २५ लाख पुरस्कार स्वरुप पाउने छन् । यस्तै लिगमा एक क्लबले फेयर प्ले अर्वाड स्वरुप तीन लाख पुरस्कार उपलब्ध गराइने छ भने प्रतियोगितको सवोत्कृट खेलाडीलाई तीन लाख पुरस्कार उपलब्ध गराइने छ ।

त्यस्तै उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान रु दुइ–दुइ लाख पुरस्कार उपलब्ध गराइने छ । लिगको एक उदयमान खेलाडीलाई इर्मजिङ्ग प्लेयर घोषणा गरेर नगद एक लाख पचास हजार दिइने पनि एन्फाले जनाएको छ । हरेक खेलको विजेता टोलीलाई थप नगद ५०,००० पुरस्कार पनि दिइने छ । खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई समान २५,००० दिइने छ । हरेका खेलको उत्कृष्ट खेलाडीलाई प्लेयर अफ द म्याच स्वरुप १०,००० दिइने छ । शहिरु स्मारक ए डिभिजन लिगको अनुमानित लागत करिब १२ करोड रहेको छ ।

प्रतिक्रिया