पाँचथरमा सहकारी व्यवस्थापन तथा सञ्चालनबारे अन्तर्क्रिया

पाँचथर । जिल्लामा रहेका सहकारीसँग प्रदेश सहकारी तथा प्रशिक्षण कार्यालयले १ दिने अन्तरक्रिया कार्यक्रम गरेकाे छ । सहकारी रजिष्ट्रार, सरोकारवाला तथा सहकारीकर्मीबीचकाे अन्तरक्रिया कार्यक्रम बिहिबार फिदिममा सम्पन्न भएको हाे ।

जिल्ला सहकारी संघको संयोजनमा जिल्लाभित्र संचालनमा रहेका स्थानीय तहको र प्रदेसकाे नियमन क्षेत्रमा रहेका सहकारी र स्थानीय तहको सहकारी शाखा प्रमुखहरुबीच अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले कोपोमिस कार्यान्वयनमा समस्या भएको बताए । साे क्रममा जिल्ला संघका अध्यक्ष रेणु ओझाले स्थानीय तहमा नेता उत्पादन गर्ने क्षेत्र सहकारी भए पनि राजनीतिक नेतृत्वमा पुगेपछि सहकारी बिर्सनु दुखद भएको बताए ।

कार्यक्रममा सहकारी नियमनमा सहकारीहरुको अनुगमनमा अडिट रिपोर्टहरुमा प्रश्न चिन्ह खडा भएको कुरा उठाइएकाे थियाे । त्यस्तै, स्थानीय तहको अन्य शाखाहरुमा सशर्तको बजेट व्यवस्था भए पनि सहकारी शाखामा व्यवस्था नभएको र आगामी दिनमा यसको व्यवस्थाको लागि अनुरोधसमेत गरेकाे फिदिम नगरपालिका सहकारी शाखा प्रमुख सरस्वती सिवाकोटीले बताइन् ।

उनले जनप्रतिनिधिलाइ रजिष्ट्रारको कार्यालयले तालिमको व्यवस्था गर्नुपर्ने तथा सहकारी शाखाका कर्मचारीहरुको क्षमता विकास गर्नुपर्ने बताइन् । कर्मचारी स्थानीय तहमा कम भएको कारण २/३ वटा शाखाको जिम्मेवारी वहन गर्नु परेको कारण सहकारी संस्थाहरुको प्रभाव अनुगमन गर्न नसकिएको सिवाकोटीले बताइन् ।

सहभागिहरुले ऐन नियमावलीको बिषयमा आएको बाधाहरू बिषयमा र डुबेको ऋण बिषयमा छलफल गरेका थिए । सम्पूर्ण समस्या तथा प्रश्नहरूको जवाफ प्रदेस निमित्त रजिष्ट्रार हरिबहादुर क्षेत्रीले दिएका थिए । कार्यक्रममा पूर्व प्रदेस सांसद सिता थेबे, जिल्ला समन्वय समिति उप-प्रमुख यामबहादुर आङवो, जिल्ला सहकारी संघका अध्यक्ष ओझाले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया