मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालय ?

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार उनले जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले र जनमत पार्टीबाट ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शपथग्रहण समेत गरेका छन् । जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा वाणिज्य, जसपाकी सुरिताकुमारी साह सामाजिक विकास, एमालेका सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रले एउटा मात्र मन्त्रालय पाएपछि मन्त्री अस्वीकार गरेको छ। उसले दुइटा मन्त्रालय मागेको छ।

प्रतिक्रिया