एउटा दलको व्यक्तिले अर्को दल खारेजका लागि निवेदन दिन मिल्दैन : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एउटा दलको व्यक्तिले निवेदन अर्को दल खारेजका लागि निवेदन दिन नमिल्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजका लागि परेको निवेदनका विषयमा यस्तो बताएका हुन् ।

‘अर्को पार्टीको दर्ता खारेज गर्न बाहिरकाले भन्न मिल्दैन,’ थपलियाले भने । उनले राजनीतिक दलसम्बन्धी ऐनको दफा १२ र १३ मा तथा संविधानमा त्यसबारे व्यवस्था भएको पनि बताए ।

रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनले दर्ता गरेको दल खारेज गर्न युवराज पौडेल सफलले आयोगमा निवेदन दिएका छन् । पौडेलले नेपाली नागरिकको हैसियतले दल दर्ता खारेजीको माग गरेका छन् । आयोगले पौडेलका नाममा दर्ता भएको पार्टी यस अघि नै खारेज गरिसकेको छ । उनको नाममा आयोगमा अहिले कुनै पार्टी अस्थित्वमा छैन ।

प्रतिक्रिया